• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मेलाहरु उद्यमशिलता विकास गर्ने खालका हुनुपर्छ: मुख्यमन्त्री




माननीय मुख्यमन्त्री शंकर पोखरेलले रुपन्देही व्यापार संघको आयोजनामा यहाँ शुरु भएको लुम्विनी एक्स्पो तथा अन्तराष्ट्रिय व्यापार मेलाको आज उद्घाटन गर्नुभयो । उहाँले मेलाहरु उद्यमशिलता विकास गर्ने खालका हुनुपर्ने बताउनुभयो ।

उद्यमशिलता विकास गर्ने ढंगले नसोच्ने हो भने व्यापार मेलाले झन परनिर्भर बनाउँदै लैजाने भएकाले उद्यमशिलता विकासमा उहाँको जोड थियो । उहाँले केही महिनापछि सञ्चालनमा आउने गौतम बुद्ध विमानस्थल हुँदै आउने पर्यटकले ल्याउने अवसर सबैभन्दा पहिले यहाँका उद्योगी व्यवसायीले लिनसक्नुपर्ने र त्यसका लागि तयारीमा लाग्न मुख्यमन्त्रीले आग्रह गर्नुभयो ।

उहाले बुटवल भैरहवालाई यो प्रदेशको मात्रै नभएर मुलुककै प्रमुख आर्थिक केन्द्र बनाउने गरी सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

मुलुक समृद्ध हुने र यही सरकारले समृद्धिको अभियानलाई सार्थक बनाउने उहाँले बताउनुभयो । उहाँले सरकारप्रति अविश्वास र आशंका पैदा गर्न मुलत ःतीनप्रकारले भइरहेको मुख्यमन्त्री पोखरेलको विश्लेषण छ ।

पहिलो एकात्मक राज्यसत्ताबाट संघीय राज्य व्यवस्थामा जादा सबैतिर हलचल पैदा भएको,कर्मचारी समायोजनका जटिलाता लगायतका समस्या सतहमा देखा पर्नु त्यसैको कारण भएको उहाँले बताउनुभयो ।

दोश्रो भूराजनीतिको परिप्रेक्ष्यमा परराष्ट नीतिमा कोर्स करेक्सनमा त्यसको असर परेको छ । तेश्रो अवको विश्व आर्थिक केन्द्र एशिया बन्न लागेको र त्यसो हुन नदिन पश्चिमाहरु भारत र चीनलाई हेर्ने र घेर्ने रणनीतिमा लागेकोले त्यसको प्रभाव देखिन थालेको मुख्यमन्त्रीले बताउनुभयो । उहाँले सरकारले सबै खालको अविश्वासलाई चिर्दै अघि विश्वासमा बदलेर काम गरिरहेको बताउनुभयो ।

उहाले एक्स्पोमा ऐतिहासिक जीतगढीमा भएको नेपाल अंग्रेज युद्धको झल्को दिने प्रदर्शनले यहाँको पर्यटकीय विकासमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । लुम्बिनी आउने पर्यटकको बसाई लम्ब्याउन योजना बनाएर अघि बढ्नुपर्ने र त्यसका लागि प्रदेश सरकारले गर्नुपर्ने कामको लागि सुझाव दिन व्यवसायीहरुलाई मुख्यमन्त्रीले आग्रह गर्नुभयो ।

Facebook Comments