• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पद्योदय क्याम्पसमा पुरानाले गरे नयाँ विद्यार्थीलाई स्वागत




पद्यमोदय क्याम्पस घोराही दाङ क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष बम बहादुर डिसीले सैद्धान्तिक ज्ञानसँगै ब्यवहारिक सीप पनि सिक्नुपर्नेमा जोड दिनुभएको छ । पद्यमोदयमा नयाँ आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्न आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

त्यस्तै क्याम्पस प्रमुख निश्चल आचार्यले हरेक ठाउँमा व्यवस्थापन आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘तपाको सपना र सफलतामा शिक्षा सँगसँगै व्याबहारिक ज्ञान पनि जोडिएको हुन्छ, यसमा पनि ख्याल गर्नुहोला ।’

शिक्षक विद्यार्थी समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा पत्रकार नवीन अभिलाषीले एउटा ढुङंगाले हजारौ चोट खपेर आफू मूर्ति बन्ने औल्याउँदै विद्यार्थी पनि हजारौं संघर्षका साथ अघि बढ्न तयार हुनुपर्ने बताउनुभयो ।

शिक्षक विद्यार्थी समन्वय समितिका अध्यक्ष प्रेम वलीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक विवेक आचार्यले पनि बोल्नुभएको थियो । पारस नेपालीको स्वागत मन्तव्यबाट शरु भएको कार्यक्रमको सहजीकरण विद्यार्थी प्रतिक गोराथोकी र आशा वलीले गर्नुभएको थियो ।

Facebook Comments