• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चौरजहारीको अवरुद्ध सडक एक हप्तापछि सुचारु




रुकुम पश्चिम चौरजहारी नगरपालिकामा ७ दिनदेखि अवरुद्ध रहेको चौरजहारी , खोलागाउँ , नुवाकोट ९ मुख्य ० सडक खण्ड खुलेको छ ।

मेलैनाउली , मनकोट , कालापाथर सडक खन्दा खेरि वडा न। ७ मेलैनाउलीदेखि स्थानीयले पुरानो सडक ओझेलमा पर्ने भन्दै नाका नदिँदा विवाद उत्पन्न भएको थियो ।

सडक खन्न नदिने भए हामी पनि सञ्चालन भइरहेको सडक पनि चल्न दिदैनौँ भन्दै सडक निर्माणको जिम्मा लिएको श्रम सहकारीद्वारा मुख्य सडकमा खाडल पारेर सडक अवरुद्ध पारिएको थियोे ।

सडक अवरुद्ध हुँदा नुवाकोटदेखि चौरजहारी बजारसम्म चल्ने यातायातका साधनहरु ठप्प भएका थिए ।

वडा न। ७ का वडा अध्यक्ष इन्द्रलाल शर्माका अनुसार वडा कार्यालय र नगरपालिकाको पहलमा अवरुद्ध सडक खुलेको हो ।

उहाँले भन्नुभयो निरन्तर ४ दिनसम्म वडा कार्यालयमा भएको वार्ता भयो र श्रम सहकारीले संघर्षका कार्यक्रम घोषणा गरिसकेको छ , अब उसले आफ्ना कार्यक्रम अनुसार काम गर्ने भएकोले अवरुद्ध सडक खोलिएको हो ।

अवरुद्ध सडक खुलेसँगै यातायातका साधनहरु सञ्चालनमा आएका छन् ।

Facebook Comments