• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यशोदा फूड्सको शैक्षिक अभियान दाङमा




यशोदा फुड्स प्रालिले दाङको आधारभूत विद्यालय कोठरीमा छात्रवृत्ति वितरण गरेको छ ।

आधारभूत विद्यालयको आयोजना र यशोदा फुड्सको प्रायोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कक्षा सातमा अध्ययन गर्ने सबिना चौधरीलाई नगद पाँच हजार नगदसहित करेन्ट चाउचाउ एक पेटी, कम्पनीको लोगो भएको झोला, टिसर्ट, कपी र कलम एक/एक थान प्रदान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि प्रधानाध्यापक सन्तबहादुर खड्काले उद्योगीहरुले उद्योग धन्दाहरु खोलेर पैसा कमाउने मात्र नभई सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रको विभिन्न क्षेत्रमा सहयोग गर्नुपर्ने बताउँदै यो कम्पनीको काम महत्वपूर्ण भएको बताउनुभयो । छात्रवृत्तिका लागि आफ्नो विद्यालय छानेकोमा पनि उहाँले धन्यवाद दिनुभयो ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष जयराम चौधरीले सही मात्रामा र सहरु तरिकाले खायो भने चाउचाउले असर नगर्ने बताउनुभयो । हरेक कम्पनीले आफ्नो उत्पादनको प्रयोगबारे पनि जानकारी दिनुपर्ने उहाँले बताउनुभयो ।

कम्पनीका राप्ती क्षेत्र इन्चार्ज नवराज सापकोटा र कम्पनीका प्रतिनिधि रामजी कुवंँरले उक्त बिद्यालयका चार जना असामान्य तथा सुस्त मनस्थितिका बिद्यार्थीहरुलाई र बिद्यालयलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । कम्पनीका तर्फबाट सुनील न्यौपाने तथा सृष्टि शाक्यको उपस्थिति रहेको थियो । शिक्षक दामोदर भट्टराइको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम शिक्षक अनन्ता केसीले सञ्चालन गर्नुभएको थियो ।

Facebook Comments