• १२ मंसिर २०७९, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गिठेपानीमा चिउरीको मह उत्पादन बढ्योः प्रतिघार १५ देखि ३० किलो




चिउरीमा राखेको माहुरी बाट तिन पटक मह निकाल्न सकियो । तोरीमा बसालेको माहुरी दुईपटक मह काढियो । यस साल घोराहीका मदन न्यौपानेलाई चिउरीको मह उत्पादनमा निकै राम्रो लाग्योे ।

हरेक बर्ष गिठेपानीमा माहुरी चराउने लैजान हानथाप हुन्छ । कालिका सामुदायीक वन उपभोक्ता समुह संग सम्झौता गरी आन्तरीकलाई प्रोत्साहन दिनका लागि जिल्ला बाहिरका माहुरी ल्याउन नदिने नियम छ । नेपाल माहुरीपालक व्यवसायी संघ धोराहीका उपाध्यक्ष समेत रहनुभएका न्यौपानेका अनुसार हजार घार भन्दा बढिको संख्यामा चरण पुग्दैन । त्यसकै सेरोफेरोमा व्यवसायीले माहुरी लैजान्छन् ।

यस पट प्रति घार १५ देखि २५ किलो सम्म मह उत्पादन भयो ।

गत साल भन्दा यसपटक मह उत्पादन बढेको छ । त्यसको कारण चिउरीमा सालविराई आउने रस प्रमुख हुन सक्ने न्यौपानेले अनुमान छ । त्यस बाहेक असार बाटै चिउरी फूलन शुरु भयो । जेठ, महिना देखि अहिले सम्म पनि चिउरी फूल्दैछ । हिउँदमा पानी परेन । त्यसले गर्दापनि फुलमा रस रह्यो । माहुरीले सजिलै ओसार्न पाए । तोरी खेति समयमै भयो । तोरीमा कुट बढि हुन्छ, तातो मौसममा चल्ला बढि निकाल्न मद्धत पुग्छ त्यसले वातावरण बनायो । जसका माहुरी बलिया थिए । तिनले बेसरी रस संकलन गरे । मह उत्पादन सोचे जति भयो ।

यस पटक कृष्ण बहादुर डाँगिले सोचेजति मह उत्पादन गर्न नसकिएको बताउनु भयो । त्यसको कारण रस नभएर होईन । माहुरीले उचित स्याहार नपाउँदा रस ओसार्न नसक्ने कमजोर हुनु हो । उहाँका अनुसार साउन भदौमा भारी बर्षात हुँदा माहुरीलाई खानकी कम हुन्छ ।

माहुरीले समयमा चिनी खुवाउने लगाएत हेरचाह बढि खोज्छ । त्यसैबेला ध्यान दिन सकिएन । राप्ती शिक्षा क्याम्पसका लेक्चर डागि व्यस्त हुँदा स्याहार्ने जाने समय अपुग भयो । रुघा लागेर भुईभरी माहुरी लत्रिदा बोजोमिन हालेर उपचार गर्ने, कुटको अभाव हुँदा चारोको व्यवस्था गर्ने, घार वरीपरीको घाँसपात हटाएर कमिला उक्लिन नदिने काम गरिएको थियो । अरु सबै ध्यान दिएपनि दुईतिन हप्ता को लामो समय हेरचाह गर्न नपुग्नाले घाटा व्यहोर्नुपयो ।

भर्खरै माहुरी पालन तिर आकर्षित हुनुभएका घोराही १८ खरकटिका दिनेश वली यस पटकको मह उत्पादनले उत्साहीत हुनुभएको छ । उहाँका अनुसार चार घार बाट तिन पटक मह निकाल्दा झन्डै एक क्वीन्टल मह निकाल्न सफल हुनुभयो । माहुरी पालनलाई पेशा बनाउने रहर जागेको छ । चरण क्षेत्रकै लोभले राधिका नेपाली नेतृत्वको महिला समुहले रिजम एफपि बाट दुई सय घार माहुरी अनुदान पाएको छ । त्यसमा वलीले श्रीमतिलाई पनि सदस्य बनाउनुभएको छ । त्यहाँ बाट पनि पेशालाई मद्धत पुगेको छ । अन्त कतै पाए सम्म घार थप्ने सोँच बनाउनुभएको छ ।

लामो समय देखि माहुरी पाल्दै आउनुभएका स्थानिय युगराज पोख्रेलले घार बढाउनेकामलाई प्राथमिकता दिनुभएको छ । उहाँका अनुसार यसपटकको सिजनमा हप्तै पिच्छे जसो मह निकाल्नुभयो । हरेक पटकमा उत्तीकै मह निश्कियो । यस्तै मह उत्पादन बाट माहाविर वि कन्सर्न घोराहीका शेर बहादुर गरी पनि सन्तुष्ट हुनुभएको छ ।

उहाँले एउटा घार बाट १५ देखि २५ किलो सम्म मह उत्पादन भएको बताउनुभयो । łमह ठिकै ठिकै छ उहाँले थप्नुभयो łसन्तोस छ । उहाँका अनुसार तिन बर्ष अघि एक पटक मात्रै मह निकालिएको थियो । गत बर्ष बढिमा दुईपटक मह निकाल्नेहरुले अहिले तिन पटक सबैजसोको मा मह आएको छ ।
महासंघका अनुसार तिन वर्ष अघि आठ सय घार चरणमा राख्दा एक पटक पनि राम्रो मह निकाल्न सकिएको थिएन । अहिले एक हजार एक सय बढि माहुरी राख्दा पनि प्रशस्तै मह आयो । स्थानियले पालेका माहुरीको गणना नै हुँदैन ।

त्यसो गर्दा पनि चरणमा खास्सै प्रभाव देखिएन । चिसोले चिउरीको मह जाम लाग्ने र माहुरीले तान्न नसक्ने भएकाले मात्रै गिठेपानी बाट माहुरी उठाईएको हो । नत्र अझै पनि केहि दिनलार्य पुग्ने गरी चिउरी फुलेका छन् ।

घोराही काठे कोहलमा शिव शक्ति वि कन्सर्नले मेशिन बाट मह प्रसोधन गर्ने, त्यसलाई प्याक गर्ने र लेव लगाउने काम गर्छ । मेसिन सनकचालनमा आएपछि जति उत्पादन भएपनि मह कता बेच्ने भन्ने चिन्ता टरेको छ । एक पटकमा एक टन प्रशोधन क्षमताको मेशिन रहेको शिब शक्ति बी कन्सर्न घोराहीका सन्चालक विष्णुराज श्रेष्ठले जानकारी दिनुभयो । बार्षिक ९० मेट्रिकटन बढि प्रशोधन हुने मेसिन चितवन पश्चिमको सबै भन्दा ठुलो भनिएको छ ।

साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको मह प्रसोधन उप आयोजनाले ६५ प्रतिशत अनुदान दिएको दिएको थियो । महलाई उचित तापक्रममा राख्न एसि सहितको ४० टन क्षमताका ¥याक रहेको भण्डार कोठा छ । भण्डारणको लागि पनी समस्या छैन ।

Facebook Comments