• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गरिब तथा जेहेनदार बिद्यार्थीलाई सिभिल बैंकको छात्रबृत्ति




सिभिल बैंक लिमिटेडले रुकुम शाखाले छात्रबृत्ति प्रदान गरेको छ ।

आफ्नो आठौं वार्षिकोत्सवको अवसर पारी बैंकले जिल्लाको पशुपति मावि मुसीकोट नगरपालिका २ रातामाटाकी एक छात्रालाई छात्रबृत्ति प्रदान गरेको हो । बिद्यालयमा कक्षा ६ मा अध्यनरत ६ मा अध्यनरत गरिब तथा जेहेनदार छात्रा अञ्जली खड्कालाई छात्रबृत्ति स्वरुप नगद ५ हजार प्रदान गरिएको बैंकले जनाएको छ ।

एक कार्यक्रमका विच बैंकका सहायक शाखा प्रवन्धक ओपेन्द्र बिष्टले छात्रृ बृत्ति प्रदान गरेका हुन् ।

बैंकले गत मंसिर १० गते आफ्नो आठौं वार्षिकोत्सव मनाएकामा त्यसको एक महिनासम्म विभिन्न कार्यक्रम गर्ने योजना अनुसार गरिब तथा जेहेनदार बिद्यार्थीलाई छात्रबृत्ति बाँढिएको सहायक शाखा प्रवन्धक बिष्टले बताए ।

बार्षिकोत्सवकै अवसरमा रक्तदानको कार्यक्रम समेत रहेको बैंकले जनाएको छ ।

छात्रबृत्ति प्रदान कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयको उपस्थिति रहेको थियो ।

Facebook Comments