• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गाँउमै अाधुनिक घट्ट मिल भएपछि स्थानीय खुसी




रुकुम पश्चिमकाे चाैरजहारी १४ काे तिमीले चाैराहामा स्थानीय नरेन्द्रकुमार बिष्टले अाधुनिक घट्ट मिल सञ्चालनमा ल्याएपछि स्थानीयबासी खुसि भएका छन्।

बिदेश गएर फर्कि अाएका बिष्टले स्वदेशमै केही गर्नुपर्छ भन्ने साेचका साथ अाफ्नै ३लाख५0हजार बराबर लगानीमा मकै गँहु जाै लगाएतका खाद्यबाली पिस्न र ताेरी सर्सु तिल चिउरी लगाएत तेलहन बस्तु पेल्न घट्ट र मिल जेनेरेटरबाट सञ्चालन गरेका हुन्।

लेककाे बस्तीमा पानी नपाईने र घट्ट पिस्न र मिल पेल्न दुई तीन घण्टा लगाएर सानीभेरीकाे अधेरी चाैरजहारीकाे मुलखाेला जानू पर्ने बाध्यता समेत हटेर अाफ्नै घर अाँगनमा घट्ट मिल चलेपछि दुखकाे दिन गएकाे चाैरजहारी १४ तिमीले चाैराहाका अहिभान खड्काकाे भनाइ छ।चाैरजहारी नगरपालिकाले सडक बिस्तार खानेपानी पम्प गरेर घरघरमा पुर्याएपछि विकासकाे अनुभूति भईरहेकाे स्थानीयहरुकाे भनाइ छ।

अाफुले साेच्दै नसाेचेकाे काम घर अगाडि भए पछि समयकाे बचतसँगै दुखकाे दिन त गए तर मकै गँहु पिस्न प्रति पाथी २० रुपैयाँ र ताेरी पेल्न प्रति पाथी ४५ रुपैयाँ लाग्ने भएपछि रुपैयाँ पैसा जम्मा कसरी गर्ने भन्ने चिन्ता बढेकाे स्थानीय बलबहादुर खड्काकाे भनाइ छ।रूपैयाँ पैसा जम्मा गर्न अाधुनिक प्रकारले कृषि खेती गर्न नगरपालिकाकाे अनुराेध छ।

कृषि क्रान्तिका लागि अहिले राेजमारी अदुवा केरा सुन्तला जस्ता फलफुल खेती र ताेरी अालु भाजी जस्ता नगदेबाली लगाउन थालेकाे स्थानीयहरुले जानकारी दिएका छन्।झुल्नेटा नुवाकाेट तिमीले हुँदै काेटजहारी चिप्लेटी सडकमा बिजुलीबत्ती भए घट्ट र मिलकाे भाँडा कम हुने र गाँउघर उज्यालो गराईदिन नगरपालिकासँग माग राखेका छन्।

अहिले घट्ट मिलमा पिस्न र पेल्न चाैरजहारी १४ तिमीले बन्चरे कुमाख सानीभेरी गा पाकाे चिन्तु झारपाेखरी र चाैरजहारी ११काे भालुगाेरे डल्सिङ्गेबाट स्थानीयहरु अाउने गरेका छन्।

Facebook Comments