• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीबाट १४ जना बालश्रमिकको उद्दार




घोराहीका बिभिन्न पसल तथा उद्योगमा कार्यरत १४ जना बालश्रमिकको उद्धार गरी परिवारको जिम्मा लगाईएको छ । घोराही उपमहानगरपालिका र युनिसेफको सहयोगमा हिमालयन शान्ति तथा विकास अभियान हिप्डेक नेपालले उद्धार गरेका १४ जना श्रमिक बालबालिकालाई नगर प्रमुख नरुलाल चौधरीले आबस्यक शैक्षिक सामाग्रिहरु सहित माला लगाएर परिवारको जिम्मा लगाउनुभएको हो ।

कामबाट उद्धार गरिएका बालबालिकाहरुलाई विद्यालय भर्ना गर्ने सहमति अनुसार परिवारलाई आयआर्जनका लागि जनही १५ हजार रुपैयाँ व्यवसायी खर्च समेत दिईएको छ । उद्धार तथा पुर्नःस्थापना गरिएका बालबालिकाहरुमा घोराही १४ का सन्दिप परियार, विकास बिक, सागर बुढाथोकी, चन्दा विश्वकर्मा, विजय विक, वडा नम्बर १५ का धनबहादुर डाँगी, कमल सार्की, वडा नम्बर ३ का आशिर्बाद चौधरी, वडा नम्बर १३ का मिलन परियार, प्रेम विक, वडा नम्बर ७ का तुलसा विक रहेका छन् ।

त्यसैगरी, तुलसीपुर १८ का सुरेश नेपाली, बंगलाचुली ४ का धनबहादुर घर्ती, केशब नेपालीलाई पनि कामबाट उद्धार गरेर परिवारमा पुर्नःस्थापना गरिएको छ । विद्यालय जानका लागि उनिहरुलाई पोशाक, झोला, कापि, कलम उपलब्ध गराईएको छ भने अभिभाबकलाई १५ हजार रुपैयाँका दरले व्यवसाय गर्न रकम दिईएको छ ।

ग्रिल उद्योग, गाडी धुलाई सेन्टर, होटल, फर्निचर उद्योग, जुत्ता सिलाउने पसलबाट उनिहरुलाई उद्धार गरेर परिवारमा पुर्नःस्थापना गरिएको हिप्डेकका अध्यक्ष विकिरण गौतमले जानकारी दिनुभयो । उनिहरुलाई नियमित निगरानी राखेर विद्यालय पठाईने र अभिभाबकले व्यवसाय सञ्चालन गरेर पढाई खर्च जुटाउने उहाँको भनाई छ ।

बालबालिकालाई परिवारको जिम्मा लगाउदै नगर प्रमुख नरुलाल चौधरीले अभिभाबकहरुलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ । आफ्ना बालबालिकालाई उमेर अनुसार उसले पाउने अधिकारको ग्यारेण्टी अभिभाबकले नै गर्नुपर्ने भन्दै बालबालिकालाई श्रममा नपठाउन आग्रह गर्नुभयो ।

उपमहानगरलाई बालमैत्री नगर बनाउने योजना रहेको भन्दै उहाँले काममा लगाउने र पठाउने दुबैलाई कार्वाही हुने कानुनमा व्यवस्था भएको भन्दै सचेत बन्न सबैलाई उहाँले अपिल समेत गर्नुभएको छ ।

परिवारको जिम्मा लगाउने कार्यक्रममा नगरका सम्बन्धित वडाका अध्यक्षहरुलाई समेत नगर प्रमुख चौधरीले निगरानी राख्न निर्देशन दिनुभयो । कार्यक्रमको सहजिकरण महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख मोतिकुमारी विश्वकर्माले गर्नुभएको थियो ।

Facebook Comments