• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही १८ मा औषधविरुद्ध पढाइ




घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा लागु औषध दूव्र्यशनी बिरुद्ध विद्यालय सचेतना कक्षा सञ्चालन सुरु गरिएको छ ।

वडा भित्र रहेका विभिन्न तीन वटा विद्यालयमा लागु औषध दूव्र्यसनी बिरुद्ध कक्षा सञ्चालन गर्ने निर्णय गरेको वडा अध्यक्ष भरत अर्यालले जानकारी दिनुभयो ।

यसैक्रममा आज देखी आधारभुत विद्यालय बेलघारीमा कक्षा सञ्चालन गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमुद पोख्रेलको अध्यक्षता एवं वडा नम्बर १८ का अध्यक्ष अर्यालको प्रमुख आतिथ्यतामा दूव्र्यसनी बिरुद्धको विद्यालय शिक्षा सुरुवात गरिएको हो ।

वडाले विद्यालयमा अब पाठ्यक्रममै राखेर यसबारे सचेतना जगाउन विद्यार्थीहरुलाई पढाउने जनाएको छ । पहिलो चरणमा तीन वटा विद्यालयमा र विस्तारै अन्य विद्यालयमा पनि यसबारे कक्षा सञ्चालन हुने वडा अध्यक्षको भनाई छ । वडा कार्यालयको बजेटबाट एक जना शिक्षकलाई लागु औषधका बारेमा प्रशिक्षण दिएर पढाई हुने छ ।

विद्यालयका प्रधानाध्यापक सीता पौडेलको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण शिक्षक डिल्ली जिएमले गर्नुभएको थियो ।कार्यक्रमका बारेमा लागु औषध बिरुद्धको प्रशिक्षक बसन्त पुनले जानकारी गराउनुभएको थियो ।

Facebook Comments