• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चौरजहारीमा ४ दिनदेखि सडक अवरुद्ध, यातायात ठप्प




रुकुम पश्चिम चाैरजहारी नगरपालिकाकाे मुख्य सडक चाैरजहारी, खाेलागाउँ , नुवाकोट सडक खण्ड ४ दिनदेखि अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ ।

मेलैनाउली , मनकाेट , कालापाथर सडक खन्ने क्रममा स्थानीयले नाका नदिँदा विवाद हुँदा ४ दिनदेखि सडक अवरुद्ध भएको हाे । स्थानीय र सडक निर्माणकाे जिम्मा लिएको वडा न. ७ मा गठित श्रम सहकारी विच विवाद सिर्जना हुँदा प्रहरीको घेराबन्दीमा सडकमा खाडल पारि सडक अवरुद्घ गरिएको हाे । श्रम सहकारी मार्फत सडकमा खाडल पारिएको बताइएको छ ।

सडक अवरुद्घ भएसँगै यातायात सेवा ठप्प भई अावतजावतमा समस्या भएको छ । चाैरजहारीदेखि नुवाकोटसम्म चल्ने सानादेखि ठुलासम्मका यातायात सेवा बन्द भएको छ भने ब्यापारी तथा स्थानीयलाई समान अाेसारपसार गर्न समस्या भएको छ ।

केही मान्छेले सडक खाडल पार्दा यातायातका साधनबाट हुने सबै काम बन्द भएको वडा न. ६ का स्थानीय बिरेन्द्र बिसिले बताए । उनले भने सडकमा खाडल पार्दा सार्वजनिक मुद्दा हुनुपर्ने भई राज्यले सडक खुलाउने तर्फ ध्यान दिनुपर्नेमा कुनै पनि चासाे दिएको छैन् । उता वडा न. ७ का वडा अध्यक्ष इन्द्रलाल अवरुद्ध भएको सडक खुलाउन वार्ता भइरहेको र भाेलिसम्म खुल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो मंसिर २८ गते सडक अवरुद्ध भएको हाे भने १ गतेदखि वार्ता भइरहेको छ भने ३ गतेसम्म सहमतिमा सडक खुल्छ यदि सहमतिमा खुल्न सकेन् भने स्थानीय सरकाले भाेली सडक खुलाउने छ ।

अध्यक्ष शर्माले भने सकभर जसले बन्द गरेको हाे उसैले खाेलाेस भन्ने हाम्रो साेच हाे यदि त्यसाे भएन् भने स्थानीय सरकारले सर्वसाधारणलाई धेरै सास्ती हुन् नदिनकाे भाेलि जसरी पनि सडक खुल्नेछ । सडक अवरुद्ध भए पछि नुवाकोटदेखि चाैरजहारी अस्पतालसम्म बिरामीहरुलाई सबभन्दा बढी समस्या हुने गरेको छ भने नगरपालिकाकाे एक मात्र एम्बुलेन्स पनि चाैरजहारी भ्याली देखि बाहिर गएको छैन् ।

Facebook Comments