• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सकियो रुकुमपूर्व महोत्सव




प्रथम रुकुम पुर्ब पर्यटन तथा सास्कृतिक महोत्सव आज सदरमुकाम रुकुमकोटमा सम्पन्न भएको छ ।

मंसिर २५ गते बाट सिस्ने गाउँपालिका ५ स्थित रुक्मिणी सहिद स्मृति रंगशालामा सुरु भएको पर्यटन तथा सास्कृतिक महोत्सव आज सातौ दिनमा सम्पन्न भएको हो ।

आज महोत्सवको सातौ दिन अर्थात् समापनको दिनमा स्थानिय स्तरका कलाकार तथा रास्ट्रीय कलाकार एबम लोक तथा दोहोरी गायक बर्दी पङगेनी लोकदोहोरी गायिका भुमिका गिरिले आफ्नो प्रस्तुति राख्नु भएको थियो ।

महोत्सवमा विभिन्न स्थानीय तथा बाहिय ब्यपारिक स्टलहरु पनि राखिएको थियो ।

महोत्सवको अन्तिम दिन रुकुम पुर्ब, रुकुम पश्चिम, रोल्पा, सल्यान, दाङ, जाजरकोट, बाग्लुङ, काठमाडौ लगायतका गरि करिब ८ हजार ६ सय ८५ भन्दा बढि दर्शकहरुले महोत्सवको अबलोकन गरेको आयोजकले जानकारी दिएको छ ।

पर्यटन सास्कृतिक जडिबुटी उद्योग र व्यापार रुकुम पुर्बको समृद्धिको मुल आधार भन्ने नाराका साथ रुकुम पुर्ब चेम्बर अफ कमर्सद्वारा आयोजित महोत्सव ७ दिनसम्म सञ्चालन भएको रुकुम पुर्ब चेम्बर अफ कमर्सका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक अध्यक्ष दिलिप थापाले जानकारी दिनुभयो ।

यस अघि पुस ५ गतेसम्म अर्थात १० दिनसम्म महोत्सव चल्ने भनिए पनि बिबिध कारणवस महोत्सव ७ दिनसम्म मात्र सञ्चालन गरिएको उहाको भनाइ रहेको छ ।

संघीयताले जनमाएको कान्छो जिल्ला रुकुम पुर्बमा भएका पर्यटकीय सास्कृतिक तथा धार्मिक स्थल चिनाउने तथा पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउने उदेश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।

Facebook Comments