• ६ बैशाख २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
एकैथलोमा दाङका बीस पत्रकार पुरस्कृत




नेपाल पत्रकार महासङ्घ दाङले २६औँ स्थापना दिवस तथा बार्षितक साधारणसभाको अवसरमा आज २० जना पत्रकारलाई पुरस्कृत तथा सम्मान गरेको छ ।

योगदान पत्रकारिता पुरस्कारबाट रामप्रसाद पौडेल पुरस्कृत हुनुभएको छ । उहाँ महासंघ दाङका संस्थापक सदस्य हुनुहुुन्छ ।

त्यस्तै त्यस्तै प्रतिभा पुरस्कारबाट राससकी दाङ प्रमुख नारायण रजौरे, रासस घोराही समाचारदाता रीता लामालाई वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट नगद रु पाँच हजार र कदरपत्रसहित सम्मान गरिएको छ ।

ओमप्रकाश स्मृति पत्रकारिता पुरस्कार गोपाल शर्मा भट्टराई, जीतेन्द्रबहादुर शाह स्मृति पत्रकारिता पुरस्कार विमल गौतम, दुर्गा–टीका स्मृति पत्रकारिता पुरस्कार अमरराज आचार्य, लोककुमारी स्मृति पत्रकारिता पुरस्कार युगराज पोख्रल, नदीन स्मृति पत्रकारिता पुरस्कार इन्द्र विवश डिसी, नारायणी स्मृति पत्रकारिता पुरस्कार देवी भण्डारी र फोटो पत्रकारिता पुरस्कार कुलदीप न्यौपानेलाई प्रदान गरीएको छ ।

यस्तै कार्यक्रममा महिला सिर्जनशील पत्रकारिता पुरस्कार विमला घर्ती, पत्रकारिता प्रोत्साहन पुरस्कार आभाष बुढाथोकी, ओमप्रकाश गुप्ता, दीपक जिएम, विकास डाँगी, कवि–गोकुल स्मृति पत्रकारिता पुरस्कार जीवन नेपाली, रोशन स्मृति पत्रकारिता पुरस्कार पुरन शर्मालाई प्रदान गरिएको हो ।

त्यसैगरी पण्डित लीलाकण्ठ मरहट्ठा पत्रकारिता पुरस्कार विमल योगी, विष्णु–भुपेन्द्रश्वर श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार सुरेश सुमन डाँगी, यज्ञबहादुर बुढाथोकी स्मृति पत्रकारिता पुरस्कार विवेक खड्कालाई प्रदान गरिएको छ ।

Facebook Comments