• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पत्रकार महासंघ दाङद्वारा १८ बुँदे घोषणापत्र जारी (घोषणापत्रको पूर्ण पाठसहित)




नेपाल पत्रकार महासँघ दाङ शाखाको २६ औं शाखा स्थापना दिवस तथा साधारणसभाले १८ बुँदे घोषणापत्र जारी गरेको छ ।

प्रस्तुत छ घोषणापत्रको पूर्ण पाठः
१. सँबिधानसभा मार्फत संबिधान निर्माण गर्ने नेपाली जनताले ब्यक्त गरेको इच्क्षालाइ मूर्तरुप दिने क्रममा हाल जारी संविधानले निर्दिष्ट गरेको संघियताको भावना र मापदण्ड विपरीत ५ नं प्रदेशको अस्थायी राजधानी घोषणा गरीएको अवस्थाप्रति नेपाल पत्रकार महासँघ दाङ चिन्ता ब्यक्त गर्दछ । साथै वर्तमान संविधान निर्माण गर्न यस क्षेत्रका जनताले गरेको वलिदानको उच्च सम्मान गर्दै सवै कार्यदलको प्रतिवेदनमा शिफारीश गरीएको दाङलाई ५ नं प्रदेशको स्थायी राजधानी घोषणा गर्न सम्पुर्ण राजनितिक दलहरु एवं सभाषदज्यूहरुलाइ यो सभा हार्दिक अनुरोध गर्दछ ।

२. नेपाल पत्रकार महासँघले स्थापना कालदेखी पे्रस स्वतन्त्रताको पक्षमा गरिरहेको सँघर्षप्रति गौरव ब्यक्त गर्दै पे्रस स्वतन्त्रता विरुद्ध हुने सबै खाले प्रबृत्ति विरुद्ध थप दृढताका साथ एकतावद्ध भई उभिने प्रतिवद्धता ब्यक्त गर्दछ ।

३.प्रेस स्वतन्त्रता संकुचन गर्ने गरी जारी गरिएको अपराध संहिता संशोधनका लागि नेपाल पत्रकार महासंघको आन्दोलनपछि गठन गरिएको कार्यदलको प्रतिबेदन अनुसार संहिता संशोधन गरी पुर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गर्न यो साधारण सभा सरकार र संघीय संसदसंग माग गर्दछ ।

४. प्रदेश नं. ५ को सरकारले सञ्चार नीति बनाउने क्रममा सञ्चार सम्बन्ध सस्थासंग समन्वय नगरी प्रेस स्वतन्त्रताविरोधी मस्यौदा तयार पारेर मन्त्रि परिषद्बाट पारित गरी प्रदेशसभामा पेश गरिएकाले त्यसलाई तत्काल रोकी नेपाल पत्रकार महासंघसमेत सञ्चार सम्बद्ध सस्थाहरुसंग परामर्श गरी सञ्चार कानूनमा पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गर्न यो साधारण्भासभा प्रदेश सरकार र प्रदेशसभासँग माग गर्दछ । साथै स्थानीय कानुन बनाउँदा सञ्चारमैत्री बनाउन सबै स्थानीय तहहरुसँग यो साधारणसभा माग गर्दछ ।

५. नेपाल पत्रकार महासंघले यस जिल्लामा श्रमजिवि पत्रकार ऐन कार्यान्वयनको लागि पहल गरेको भए पनि त्यसको सन्तोषजनक परिणाम नदेखिएकोले श्रमजिवि पत्रकार ऐन कार्यान्वयनको लागि सबै सञ्चार संस्थाहरुलाइ आग्रह गर्दै सो ऐन कार्यान्वयनका लागि ठोस कदम चाल्ने निर्णय गर्दछ । साथै श्रमजीवी पत्रकार ऐन कार्यान्वायनका लागि महासंघको तर्फबाट नियमित अनुगमनको ब्यवस्था मिलाउने यो साधारणसभा प्तीवद्धता व्यक्त गर्दछ ।

६. जिल्लाका स्थानीय तहबाट प्रवाह हुने सार्वजनिक सुचनाका विज्ञापन अहिले पनि काठमाण्डौका मिडियामा गईरहेकाले यसलाई रोकेर जिल्लाकै पत्रिका, रेडियो र अनलाईनमा समानुपातिक रुपमा उपलब्ध गराउन यो साधारणसभा सरकारसंग माग गर्दछ । साथै स्थानीय तहका विकास कार्यक्रम बनाउँदा सञ्चारको विकासलाई प्राथमिकताका समेट्न स्थानीय सरकारहरुसँग यो साधारणसभा माग गर्दछ ।

७. प्रदेश नं. ५ मा आम सञ्चार प्रतिष्ठान गठन गरी पत्रकारको दक्षता अभिबृद्धिका कार्यक्रम ल्याउन प्रदेश सरकारसँग यो साधारणसभा माग गर्दछ । साथै संघीय सरकारले गठन गर्ने भनिएको आम सञ्चार प्रतिष्ठान गठन पनि चाँडो गर्न यो साधारणसभा संघीय सरकारसँग माग गर्दछ ।

८. देशमा संघीयता आए पनि सञ्चार क्षेत्रमा संघीयताको अनुभूति हुन सकेको छैन । त्यसैले सञ्चारसँग जोडिएको सुचना विभाग, प्रेस काउन्सिल, श्रमजीवी पत्रकार पारिश्रमिक अनुगमन समिति आदिका सेवा जिल्ला तहमा विस्तार गर्न र कम्तीमा प्रेस प्रतिनिधि परिचयपत्र वितरण र नवीकरण जिल्लाबाटै गर्ने व्यवस्था मिलाउन यो साधारणसभा सरकारसँग माग गर्दछ । यसका लागि सहजीकरण गरिदिन महासंघ केन्द्रसँग यो साधारणसभा माग गर्दछ ।

९. नेपाल पत्रकार महासंघको पुर्नसंरचनाका लागि लामो समयदेखि आवाज उठ्दै आए पनि आम साधारण सदस्यले केन्द्रिय नेतृत्व निवाचित गर्ने अबसर नपाएकाले प्रत्यक्ष निर्वाचनको माध्यमबाट जिल्ला, प्रदेश र संघको महासंघ नेतृत्व एकैदिन निर्वाचित गर्ने गरी निर्वाचन प्रणाली परिमार्जन गर्न यो साधारणसभा महासंघ केन्द्रिय समितिसँग माग गर्दछ ।

१०. द्वन्द्वकालमा मारिएका पत्रकार कृष्ण सेन इच्छुकको मृत्युको यथार्थ विवरण सार्वजनीक गर्न र हत्याराहरुलाई कारवाहीको दायरामा ल्याउनेगरी सरकारमाथी दवाव सृजना गर्न नृपाल पत्रकार महासंघ केन्द्रिय समितीलाई यो भेला विषेश अनुरोध गर्दछ । साथै द्वन्द्वकालमा मारिएका एवं बिस्थापित भएका सबै पत्रकारहरु तथा पत्रकारका परिवारलाइ उचित राहत प्रदान गर्न नेपाल सरकारसँग माग गर्दछ ।

११. रेडियो तुलसिपुरका तत्कालिन अध्यक्ष देबीप्रसाद धिताल हेमराजको हत्या भएको लामो समय भैसक्दा पनि हत्यारा पत्ता नलागेकोले अविलम्ब हत्यारा पत्ता लगाइ कारबाही गर्न सभा सम्बन्धीत निकायसँग जोडदार माग गर्दछ ।

१२ मूलधारमा आउन नसकिएका महिला, दलित, अपाँग, अल्पसँख्यक, आदिवासी जनजाति समुदायलाइ पत्रकारिताको मूलधारमा ल्याउन आवश्यक निति निर्माण गर्न राज्यसँग माग गर्दछ ।

१३. सरकारले शुरु गरेको पत्रकार दुर्घटना विमा प्रभावकारी हुन नसकेकाले यसलाई प्रभावकारी बनाउन पत्रकार महासंघकै सदस्यताका आधारमा विमा नवीकरणको ब्यवस्था गर्न यो साधारणसभा सरकारसँग माग गर्दछ । साथै पत्रकार स्वास्थ्य विमा र पत्रकार जीवन विमा लागु गर्न यो यो साधारणसभा माग गर्दछ ।

१४. दाङको बिग्रदो वातावरण प्रति चिन्ता ब्यक्त गर्दै दाङको बातावतरण बचाउनका लागि नेपाल पत्रकार महासँघले नेतृत्वदायि भूमिका निर्वाह गर्दै पर्यावरण बचाउन विशेष खालका कार्यक्रम अभियान सञ्चालन गर्ने निर्णय गर्दछ ।

१५. लमही–तुलसिपुर सडकखण्डलाइ सरकारले सहिद कृष्णसेन इच्छुक मार्ग नामाँकरण गरिसकेको र महासंघले यस नामाँकरणलाइ ब्यवहारीक प्रयोग थालीसकेको सन्दर्भमा सम्पुर्ण सम्बन्धीत निकायलाइ पनि यस नामाकरणको ब्यवहारीक प्रयोग थाल्न अनुरोध गर्दछ ।

१६. जिल्लामा रहेको एकमात्र विमानस्थल टरीगाउ विमानस्थलमा नियमीत एवं दैनिक उडानको व्यवस्था मिलाउन सरकार संग जोडदार माग गर्दछ । साथै आव २०७४÷७५को वजेट भाषणमा जिल्लामा वैकल्पीक विमान स्थल निर्माणको घोषणा गरीएकोले दिर्घकालीन आवस्यकतालाई पुरा गर्नै गरी नागरीकको व्यक्तीगत जग्गा कम क्षती हुने र वहु संख्यक जनसंख्यादाई पायक पर्ने स्थानमा विमान स्थल निर्माणकाृ प्रकृया थाल्न भेला अनुरोध गर्दछ

१७. राप्ती क्षेत्रमा रहेको एक मात्र त्रिभुवन विश्वविद्यालयको आँगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पसको पुरानो नाम परिवर्तन गरी सहिद उमेशचन्द्र थापाको नामबाट नामाँकरण गर्न सम्बन्धीत निकायसँग माग गर्दछ । साथै सो क्याम्पसमा स्नातक तहमा पत्रकारिता बिषय अध्ययन गर्ने ब्यवस्था मिलाउन माग गर्दछ ।

१८. लमहि तुलसीपुर सडक खण्डका सम्पुर्ण खोलामा यसैवर्ष पुल निर्माण सम्पपन गरी चालु गर्न प्रदेश तथा केन्द्र सरकार समक्ष यो भेला जोडदार माग गर्दछ । साथै दाङको समग्र विकासका लागि आवश्यक पर्ने घोराही, भैसाहीदेखी रामपुर, सिमलतार, हाँसिपुर हुँदै लालमटियाको चैते सम्मको विपि मार्ग, तुलसिपुर¬ पुरन्धारा सुर्खेत सडकखण्ड र नव घोषीत मदन भन्डारी राजमार्गको घोराही हापुर साहीपुर बगिया हुँदै बिजौरी रक्षाचौर खण्ड र मुर्कुटी घोराही खण्ड, रिहार नारायणपुर होलेरी मार्ग, कालाकाटे गढवा राजपुर हुँदै बाँके जोडिने राप्ती दक्षिणको राजमार्ग जस्ता अन्य बैकल्पिक मार्ग निर्माणको लागि आवश्यक रकम उपलब्ध गराएर निर्माण कार्यलाइ पूर्णता दिन सम्बन्धीत निकायसँग यो सभा जोडदार माग गर्दछ । साथै कालाकाटे गढवा राजपुर हुँदै बाँके जोडिने राप्ती दक्षिणको राजमार्ग चालु गर्न माग गर्दछ ।
घोषणापत्र मस्यौदा समिति
के एल पीडीत संयोजक
सुदीप गौतम सदस्य
नरेन्द्र के.सी. सदस्य

Facebook Comments