• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुन्टीगढीको बलवाङमा दुइ घरमा आगलागी




हिउँद शुरु भएसँगै रोल्पामा आगलागीको क्रम बढेको छ ।

यसैक्रममा थप दुई घरमा आगलागनी भएको छ । रुन्टिगढी गाउँपालिका वडा नम्बर ७ बलबाङमा दुइ वटा घरमा आगलागी भएको छ । सुरेश नेपालीको घरबाट सुरु भएको आगो नियन्त्रण गर्न नसकिदा नजिकैको लक्ष्मण नेपालीको घरमा पनि आगो सरेर नष्ट भएको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी नायब उपरीक्षक ध्रुवराज बोहराले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘घर आगलागीको खास कारण चाहिँ खुल्न सकेको छैन । खरको छानो भएकाले आगो तीब्र गतिमा सल्किएकाले नियन्त्रण गर्न अलि कठिनाइ भयो ।’ स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका तर दुई वटै घरको माथिल्लो तला जलेर नष्ट भएको उहाँले जानकारी दिनुभयो ।

दुबै घरको माथिल्लो तलामा राखिएको अन्नपात, लत्ताकपडा,भाडाकुडी लगायत अन्य सामाग्री जलेर नष्ट भएको परिवारिक स्रोतले बताएको छ । जसबाट लाखौंको क्षति भएको परिवारको भनाइ छ ।
आगलागीका घटना बढिरहेको यो समयमा सबै सचेत हुनुपर्नेपर्ने प्रहरीले जनाएको छ ।

केटाकेटी भएका घरमा आगोका स्रोतहरु जथाभावी नराख्न र आगलागी हुनसक्ने सभाब्य अन्य कुराहरुमा पनि ध्यान दिन समेत प्रहरीले आग्रह गरेको छ ।

Facebook Comments