• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सडक खन्ने क्रममा बिवाद, चलेकै सडक अवरुद्ध




रुकुम पश्चिम चौरजहारी नगरपालिकामा मुख्य सडक चौरजहारी , खोलागाउँ , नुवाकोट सडक खण्ड ३ दिनदेखि अवरुद्ध भएको छ ।

मेलैनाउली , कालापाथर , मनकोट सडक निर्माण गर्दा स्थानीयले नाका नदिएपछि मुख्य सडक नै अवरुद्ध गरिएको हो। वडामा गठित श्रम सहकारीले नगरपालिकामा योजनाको सम्झौता गरि सडक खन्ने क्रममा वडा न। ७ को मेलैनाउलीबाट नाका नदिएपछि विवाद सुरु भएको बताइएको छ ।

विवाद सुरु भएपछि इलाका प्रहरी कार्यालय चौरजहारीबाट घटना स्थलमा पुगेको प्रहरी टोलीको घेराबन्दीमा स्काभेटरले मुख्य सडक मेलैनाउली स्थित बिच सडकमा ठुलठुला दुईवटा खाडल खनेपछि सडक अवरुद्ध हुन पुगेको हो । सडक निर्माण गर्ने र नाका नदिने पक्षबिच भएको विवाद उतकर्षमा पुग्दा मुख्य सडक नै बन्द गर्नुपर्ने बाध्यता सिर्जना भएको इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरिक्षक प्रकाश चन्द गुप्ताले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो हामीले सकभर मिलाउने प्रयास गरेका हौँ , विवादले झनझन गति लिई झडप हुने स्थिति सिर्जना भएपछि सडक अवरुद्ध गरेका हौँ । प्रहरी निरिक्षक गुप्ताले भन्नुभयो स्थानीयले नै सडक चाहिन्न भनेपछि सडकमा खाडल खनी अवरुद्ध गरिएको हो ।

उता नगर प्रमुख बिशाल शर्माले भने आफुलाई आधिकारिक रुपमा जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो यश बिषयमा अहिलेसम्म हामीलाई कुनै पनि जानकारी छैन् तर वडा कार्यालयबाट निरन्तर समस्या समाधानको लागि पहल गरिरहेको छ ।

वडाले उक्त घटनाबारे अहिलेसम्म पनि नगरपालिकामा सिफारिस गरेको छैन् नगर प्रमुख शर्माले भने हामीलाई जानकारी भएसम्म अब १र२ दिनमा समस्या समाधान हुनेछ जसको अहिले पनि वडा कार्यालयमा वार्ता भइरहेको छ । नगर प्रमुख शर्माका अनुसार घटनाले जटिल रुप लिने संकेत देखेपछि सडक अवरुद्ध गर्नुपर्ने बाध्यता भएको हो ।

अहिले खन्न लागेको सडक खनेमा सञ्चालन भइरहेको सडक बन्द हुन्छ डरले केही ब्यक्तिले सडक खन्न नदिएको नगर श्रम सहकारीले जानकारी दिएको छ ।

Facebook Comments