• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यी हुन् यो बर्ष पत्रकार महासंघबाट पुरस्कृत हुने दाङका पत्रकार




नेपाल पत्रकार महासंघ दाङले संस्थाका संस्थापक कोषाध्यक्ष रामप्रसाद पौडेललाई योगदान पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ ।

महासंघले यस वर्ष स्थापना गरेको उक्त पुरस्कारबाट पहिलो पटक उहाँलाई पुरस्कृत गर्न थालेको हो । महासंघको आज बसेको बैठकले उक्त पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो ।

बैठकले प्रतिभा तथा पुरस्कार छनौट समितिले सिफारिस गरेका नामहरु अनुमोदन गरेको छ । जसअनुसार पत्रकारिता प्रतिभा पुरस्कारबाट नारायणी रजौरे, वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार रीता लामा, महिला सिर्जनशील पत्रकारिता पुरस्कार विमला घर्ती, पत्रकारिता प्रोत्साहन पुरस्कार आभाष बुढाथोकी, ओमप्रकाश गुप्ता, दिपक जि एम, विकास डाँगी, कवि–गोकुल स्मृति पत्रकारिता पुरस्कार जीवन नेपाली, रोशन स्मृति पत्रकारिता पुरस्कार पुरन शर्मा, पण्डित लिलाकण्ठ मरहट्ठा पत्रकारिता पुरस्कार विमल योगी, विष्णु–भुपेन्द्रश्वर श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार सुरेश सुमन डाँगी, यज्ञबहादुर बुढाथोकी स्मृति पत्रकारिता पुरस्कार विवेक खडकालाई प्रदान गरिने भएको छ ।

त्यसैगरी ओमप्रकाश स्मृति पत्रकारिता पुरस्कार गोपालशर्मा भट्टराई, जितेन्द्रबहादुर शाह स्मृति पत्रकारिता पुरस्कार विमल गौतम, दुर्गा–टीका स्मृति पत्रकारिता पुरस्कार अमरराज आचार्य, लोककुमारीस्मृति पत्रकारिता पुरस्कार युगराज पोख्रल, नदीनस्मृति पत्रकारिता पुरस्कार इन्द्र विवश डिसी , नारायणी स्मृति पत्रकारिता पुरस्कार देवी भण्डारी र फोटो पत्रकारिता पुरस्कार कुलदीप न्यौपानेलाई प्रदान गरिने भएको छ ।

साथै बैठकले छापामाध्यमतर्फ राप्ती पोष्ट दैनिक र साक्षी खबर साप्ताहिकलाई सम्मान गर्ने निर्णय गरेको हो । त्यसैगरी विद्युतीयतर्फ रेडियो हापुरे र रेडियो साझा आवाजलाई सम्मान गर्न थालेको हो । बैठकले पुरस्कार संस्थापक मध्येबाट बसन्त आचार्य, ललिता केसी र भुपेन्द्र सुवेदीलाई सम्मान गरिने भएको छ । दाङ शाखा अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा बैठक सम्पन्न भएको सचिव भुपेन्द्र वलीले जानकारी दिनुभएको छ ।

प्रतिभा तथा पुरस्कार छनौट समितिमा अध्यक्ष सविन प्रियासन, निर्वतमान केन्द्रिय सदस्य अजयदीप शर्मा र शाखाका निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार सुदीप गौतम हुनुहुन्थ्यो । दाङ शाखाको २६ औ स्थापना दिवसको अवसरमा आयोजित पुरस्कार वितरण तथा सम्मान कार्यक्रमलाई सम्बोन्धन गर्न केन्द्रीय अध्यक्ष गोविन्द आचार्य,वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेल, सचिव उदय जि एम दाङ आउनुभएको छ । कार्यक्रम सोमबार बिहान ८ बजे महासंघको सभाहलमा हुने भएको छ । कार्यक्रममा उपस्थितिका लागि अध्यक्ष सविन प्रियासनले पूर्व अध्यक्ष, सल्लाहाकार, केन्द्रीय पार्षद, प्रदेश पार्षद, साधारण सदस्य सम्पूर्णलाई अनुरोध गर्नुभएको छ ।

Facebook Comments