• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पुस ७ गते भूमिका, भागिरथलगायत कलाकारले घोराही तताउने




दाङको घोराहीमा पुस ७ गते सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

गरीब तथा अनाथ बालबालिकाका सेवा केन्द्रको आयोजनामा सांस्कृतिक कार्यक्रम हुने भएको हो ।

कार्यक्रमबाट बचेको रकम गरीब, अनाथ र अपांग बालबालिकाको सहयोग गरिने संस्थाका अध्यक्ष पञ्कजकुमार बुढा मगरले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय दाङबाट कार्यक्रमको अनुमति ल्याउँदा नै बचेको आधा रकम घोराही क्षेत्रका विद्यालय वा जिल्लाका कुनै अनाथालयमा सहयोग गरिने उल्लेख भएकाले आफूहरुले यसलाई पूर्ण पालना गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा सागर आले डी ब्याण्ड काडमाडौं, द न्यू डे ब्याण्ड घोराही, भूमिका गिरी, भागिरथ चलाउने, रिना थापा मगर, रिया घलेलगायतको प्रस्तुति रहने अध्यक्ष बुढाले जानकारी दिनुभयो ।
कर्मचारी मिलन केन्द्रको प्रांगनमा विहान ११ बजेदेखि कार्यक्रम हुनेछ ।

Facebook Comments