• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नवलपुर कप फूटबलको तेस्रो दिन कुन टीमले जिते ?




घोराही १८ नवलपुरमा जारी केशरसिंह श्रेष्ठस्मृति आमन्त्रण फूटबल प्रतियोगिता नवलपुर कपमा आज तेसो दिन तीन खेल भएका छन् ।

आयोजक नवलपुर युवा क्बल र किसान जागृति युवा क्लबबीच विहान भएको खेल बराबरी गोलमा रोकिएको छ । दुबै टीमले २/२ गोल हानेका थिए ।

नवलपुरका निरज जिसी र नारायण राना मगर तथा किसान जागृतिका एरोन रोका र जीवन रोकाले एक÷एक गोल गरेका हुन् ।

त्यस्तै दिउँसो भएको खेलमा यूएनबिसीले सनस्टार क्लब रोल्पालाई १ का बिरुद्ध तीन गोलले पराजित गरेको छ ।

खेलमा यूएनबिसीका रुपक शाहीले तीन गोल गरी ह्याट्रिक गरेका थिए भने सनस्टारका सन्तोष थापाले एक गोल गरेको फोर्थ अफिसियल सन्देश श्रेष्ठले जानकारी दिनुभयो ।

तेस्रो खेलमा एसएसएफएलाई शून्यका बिरुद्ध एक गोलले हराउँदै सक्सेज युवा क्लब बिजयी भएको छ । सक्सेसका मोहन रावतले गोल गरेका थिए ।

भोलि पहिलो खेल दिउँसो १ बजे न्यूस्टार र किसान जागृतिबीच हुनेछ भने दोसो खेल दिउँसो ३ बजे राप्ती क्लब र आयोजक नवलपुर युवा क्लबबीच हुने छ ।

Facebook Comments