• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
इञ्जिनियर्स एशोसियशनको कर्णाली अध्यक्षमा यादव




इञ्जिनीयर्स एशोसियसन नेपाल कर्णाली प्रदेश कार्यकारिणी समितिको सभापतिमा प्रगतिशील सङ्गठनका सोनालाल यादव विजयी भएका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबार सम्पन्न निर्वाचिनबाट प्रगतिशील सङ्गठनका यादव नेतृत्वको सिङ्गो प्यानल विजयी भएको प्रमुख निर्वाचन अधिकृत जगदीश लामिछानेले जानकारी दिए ।

उनका अनुसार सभापति यादवले १०५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक सङ्गठनका हरि केसीले ९९ मत ल्याएका छन् ।

त्यस्तै, प्रगतिशीलका उपसभापति नवराज खतिवडाले ११० मत ल्याएर विजयी भएका छ भने उनका निकटतम् प्रतिद्वन्द्वी खुमबहादुर भण्डारीले ९३ मत प्राप्त गरेका थिए ।

Facebook Comments