• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बैशाख १ गतदेखि बसहरु प्राधिकरण माताहत ल्याउने तयारी




भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सिण्डिकेट तोडिए पनि पुरानो कानूनका कारण पुराना बस हटाउन नसकिएको बताएका छन् । रिपोटर्स क्लबमा उनले सिण्डिकेट तोडेको सुनाउँदै अझैपनि पूरानो कानुनका कारण बसहरु कम्पनीमा आउन नसकेको गुनासो पोखे । उनले भने,‘अहिलेसम्म दश १२ हजार बसहरुमात्रै कम्पनीमा आएका छन् । लाखौं बसहरु आउन बाँकी छन् ।’ त्यस्तै उनले आफू नेतृत्वको मन्त्रालयले यातायात क्षेत्रलाई व्यवस्थित गर्नको लागि यातायात प्राधिकरण गठन गर्ने प्रक्रिया अगाडि बढाईसकेको पनि सुनाए ।

उनले भने,‘यसको लागि हामीले समिति बनाईसकेका छौं । यो समितिले आउने साताभित्रै प्रतिवेदन दिन गैरहेको छ । अब नेपालको यातायातलाई प्राधिकरणले नै सञ्चालन गर्छ । सरकारले त नीति, नियम र नियमन मात्रै गर्छ । प्राधिकरण पब्लिक–प्राईभेट पार्टनरसिप मोडलमा चल्छ ।’

आगामी बैशाख १ गतेदेखि नै प्राधिकरणकै मातहातमा बसहरु सञ्चालन हुने उनले जानकारी दिए । उनले आफूहरुले बढिभन्दा बढि बिद्युतीय बसहरु सञ्चालन गर्न लागेको बताए । उनले थपे,‘यसको लागि हामीले प्रक्रिया अघि बढाईसकेका छौं । प्राधिकरण गठनसँगै हामीले ठूलो फड्को मार्छौं ।’

काठमाडौं उपत्यकाभित्र आफूले सोचेअनुसार धुलो–धुँवा हटाउने काम नभएको उनले स्विकार गरे । यद्धपी उनले विगतभन्दा अहिले सुधार भएको जिकिर गरे । सडक निर्माण, पूर्वाधार विकास र सम्पदा पूर्ननिर्माणका कारण काठमाडौं उपत्यकामा धुलो, धुँवा भएको उनको भनाई छ । तर, धुवाँ धुलो कम गर्नको लागि ब्रुमरको संख्या थप्न लागिएकोपनि उनले विश्वास दिलाए ।

Facebook Comments