• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा माओ दिवस मनाइने, माओको योगदानको खोजी गरिने




आगामी पुस ११ गते १२६ औं माओ जयन्ति दाङमा पनि मनाइने भएको छ ।

बाम सहकार्यका लागि साझा मञ्च दाङको आयोजनामा नेपाल पत्रकार महासंघको सभाहलमा विहान साढे ११ बजे कार्यक्रम गरिने छ । बाम सहकार्यका लागि साझा मञ्च दाङको शनिवार घोराहीमा बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकले ‘माक्र्सवादको विकासमा माओको योगदान’ बिषयक गोष्ठी गर्ने निर्णय गरेको छ । गोष्ठीमा शशिधर भण्डारीलाई कार्यक्रम प्रस्तुत गर्ने जिम्मा दिइएको छ । कार्यक्रम संयोजकको जिम्मेवारी रामप्रसाद जैशीलाई दिइएको छ ।

मञ्चका अध्यक्ष सुशील गौतमको अध्यक्षतामा बैठक बसेको थियो । बाम सहकार्यका लागि साझा मञ्च दाङकै ब्यानरमा कार्यक्रम हुने सदस्य प्रमोद धितालले जानकारी दिनुभयो ।

Facebook Comments