• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीको नमूना सामुदायिक विद्यालय बालविकास




३१ वटा कोठा भएको विद्यालयमा विद्यार्थी अटाएका छैनन् । बालविकास मावि घोराहीका प्रधानाध्यापक राजेन्द्र कुमार श्रेष्ठका अनुसार टेन्ट टाँगेर कार्यालय सन्चालन गर्ने तयारी गरिएको छ ।

यति धेरै विद्यार्थीको चाँप हुन लागेको केहि बर्ष मात्रै वितेको छ । अहिले बार्षिक दुई देखि तिन सय नयाँ विद्यार्थी थपिने गरेको श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार एक हजार एक सय ७६ जना विद्यार्थी अध्यनरत छन् । नर्सरी देखि कक्षा दश र सिटिइ भिटिईको ईलेकटीक सव ओभरसियर कोर्स पढाई हुन्छ । तिनका लागि कक्षा अपुग भएको छ ।

अब केहि महिना भित्रै एसईई परिक्षा शुरु हुँदैछ । चैत्र १० गते देखि शुरुहुने परिक्षाको तयारी श्वरुप विद्यालयले आवासीय कक्षा चलाउने भएको छ । त्यसका लागि कक्षा कोठा अपुग छ । कामचलाउ गराउन स्टोर कोठा खाली गर्न लागिएको छ । त्यहाँका थोत्रा मोत्रा हटाउने र राम्रा चिज बाहिरै भण्डारण गरेर कम्तीमा कक्षा चलाउने वातावरण बनाउन लागेको छ ।

अहिले विद्यालयमा परिक्षा चलिरहेको छ । कक्षा कोठा अपुग भएकैले कक्षा एक देखि पाँच सम्म विहान दश देखि एक वजे सम्म पहिलो सिफ्टको परीक्षा चलाईएको छ । कक्षा छ देखि दश सम्म एक देखि चार बजे सम्म दोस्रो सिफ्टमा परिक्षा सन्चालन गर्ने व्यवस्था मिलाएको छ ।

सव ओभर सियरका लागि प्रयाक्टीकल दुईवटा, डईङ र कक्ष सन्चालन एक एक गरी चार वटा कोठा आवश्यक छ । कक्षा नौ सम्म हरेक कक्षामा दुईवटा कोठा चाहिन्छन् । त्यसवाहेक कम्प्यूटर ल्याव, साइन्स ल्याव छ । कार्यालय कक्ष, स्टाप रुम र कार्यालयलाई छुटै कोठा चाहिन्छ ।

पिटि, परेड खेल्ने चौरको अभावले एनसिसि तालिम नपरेको प्रधानाध्यापक श्रेष्ठले गुणासो गर्नुभयो । łłपोहर सालै ल्याउन पहल गरेको दुखको महशुसले अध्यारो अनुहार बनाउदै थप्नुभयो, łयहि फिल्डकै कारण रोकियो । उहाँका अनुसार उचित हल नभएकै कारण डान्स, म्युजीक र योगा कक्षा पनि प्रभावित भएको गुणासो गर्नुभयो । कम्तीमा छ कोठे भवन थप गर्न नसकिए आगामि बर्ष नयाँ भर्ना गर्न नसकिने उहाँको भनाई छ ।

कक्षा कोठा थपका लागि आवश्यक सबै उपाए अपनाएको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सभामुख कृष्णबहादुर महरालाई लिखिन अनुरोध गर्नुभएको छ । प्रदेश संसद अमरबहादुर डाँगिलाई विद्यालयमै निम्तो गरेर अनुरोध गर्ने योजना छ । प्रदेश सभामुख पुर्णबहादुर घर्तिका प्रेस सल्लाहकार गणेश वली सहित सवै संग अनुरोध गरेको छ ।

वडा अध्यक्ष शक्तिराम डाँगि विद्यालय व्यवस्थापन समितिका पदेन सदस्यमार्फ उपमहानगरपालिकामा अवस्थाको जानकारी गराइएको छ । पाँच कठा साढे सात धुर जमिन नेपाली सेनाको नियन्त्रणमा छ । सेनावाट फिर्ता ल्याएर ६ कोठे भवन र पिटि परेडको लागि पर्याप्त फिल्ड बनाईदिन सबैतिर अनुरोध गरीएको प्रअ श्रेष्ठले जानकारी दिनुभयो ।

Facebook Comments