• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पत्रकार खशोज्जीको हत्या साउदी राजकुमारका निकटस्थले गरेको दावी




टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डाेगानले साउदी पत्रकार जमाल खशोज्जीको हत्या साउदी अरबका राजकुमारका निकटस्थहरुले गरेको दाबी गर्नुभएको छ ।

एर्डाेगानले इस्तानबुलमा आयोजित एक सम्मेलनमा भन्नुभयो, “घटनास्थलमा रेकर्ड भएको आवाज सुन्दा पत्रकार खशोज्जीको हत्यामा साउदी राजकुमारका निकटस्थहरूको सक्रिय भूमिका रहेको प्रष्ट हुन्छ ।”

यसअघि अमेरिकाले पनि यस हत्याकाण्डमा साउदी राजकुमार मोहम्मद बिन सलमान अल साउद मुख्य जिम्मेबार रहेको बताएको थियो ।

राष्ट्रपति एर्डाेगानले त्यस घटनाका बारेमा अहिले धेरै विकास भइसकेको पनि बताउनुभयो ।

टर्कीकी एउटी महिलासँग बिहेको छिनोफानो गरेका खशोग्गी आफ्नी पत्नीसँग सम्बन्धविच्छेद गर्नुपर्ने कानुनी प्रक्रियाका लागि साउदी दूतावासमा गएका बेला दूतावासभित्रै उहाँको हत्या भएको दावी छ ।

Facebook Comments