• १ असार २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नुवाकोटमा गाडी दुर्घटना, १६ को मृत्यु




दुप्चेश्वर गाउँपालिका १ घ्याङडाँडामा मिनी ट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा १६ जनाको मृत्यु भएको घटनास्थलबाट प्रहरी सहायक निरीक्षक ज्ञानलाल यादवले जानकारी दिए ।

मृतकको सनाखत भएको छैन। उद्धारका लागि जिल्लाबाट प्रहरी टोली आइरहेको इलाका प्रहरी कार्यालय समुद्रटारका इञ्चार्जसमेत रहेका यादवले बताए।

३९१३ नम्बरको ट्रक सडकबाट करिब एक हजार मिटर तल नदीमा खसेको छ। गाडी किम्ताङबाट सिसिपु जाँदै गर्दा दुर्घनामा परेको हो।

प्रमुख प्रहरी उपरीक्षक (एसपी) बसन्तबहादुरले भने, ‘दुर्घटनामा व्यापक मानवीय क्षति भएको र अहिलेसम्म ४/५ जनाको शव भेटिइसकेको छ।’ शिखरबेंसीबाट सिसिकु जाँदै गरेको ट्रक दुर्घटनामा परेको हो।

स्थानीयका अनुसार ट्रकमा ४०/४५ सवार थिए।

Facebook Comments