• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नवलपुर कप फूटबलः पहिलो खेलमा न्यूस्टार बिजयी, दोस्रो खेल बराबरीमा




घोराही १८ नवलपुरमा जारी नवलपुर केशरसिंह श्रेष्ठ आमन्त्रण फूटबल प्रतियोगिता नलवपुर कपको दोस्रो दिन आज चार टीमबीच प्रतिष्पर्धा भएको छ ।

पहिलो खेलमा न्यूस्टार क्लब नारायणपुर बिजयी भएको छ भने दोस्रो खेल शून्य गोलको बराबरीमा ‘ड्र’ भएको छ ।

न्यूस्टारले राप्ती क्लब घोराहीलाई २ का विरुद्ध ३ गोलले पराजित गरेको छ । न्यूस्टारका मनिष पाण्डे, बिशाल केसी र असीम गुरुङले गोल गर्नुभएको थियो ।

राप्ती क्लबका ज्ञानविक्रम थापा र रामचन्द्र खड्काले गोल गर्नुभएको थियो ।
एसएसएफए तुलसीपुर र सनस्टार क्लब रोल्पाबीच भएको दोस्रो खेल भने बराबरीमा टुंगिएको छ । दुबै टोलीले पनि गोल गर्न नसकेपछि खेल ‘ड्र’ भएको फोर्थ अफिसियल सन्देश श्रेष्ठले जानकारी दिनुभयो ।

Facebook Comments