• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ, अर्घाखाँची र रोल्पाबाहेक नौ जिल्लाका पालिका अध्यक्ष सचिव तोकिए




नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर ५ को बैठकले नौ जिल्लाका स्थानीय तहका अध्यक्ष र सचिव तोकेको छ ।

दाङ, रोेल्पा र अर्घाखाँचीका भने पालिका अध्यक्ष तोकिएनन् ।
यी जिल्लाले एकता प्रतिवेदन नबुझाएकाले नतोकिएको हो । १५ दिनभित्र प्रतिवेदन दिन निर्देशन दिंदै प्रदेश बैठकले दिन नसके प्रदेश कार्यालयले नै तोक्ने निर्णय गरेको छ ।

बैठकले इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष, सचिव र कार्यालय सचिवसहित पाँच सदस्यीय कार्यालय गठन गरेको छ ।

त्यस्तै बैठकले प्रदेशसभा सदस्यबाट पाँच हजार, राजनीतिक नियुक्तिमा गएकाबाट एक हजार र पार्टी प्रदेश सदस्यबाट एक एक सय मासिक लेवी निर्धारण गरेको छ ।

Facebook Comments