• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वर्षा राउतसंगको “चौका दाउ” ट्रेलर सार्वजनिक




सौर्यजित प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र “चौका दाउ” को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु सन्तोष पन्त, तैयव शाह, विल्सन बिक्रम राई, रविन्द्र झा, वर्षा राउतलाई स्थान दिइएको छ ।

चलचित्रलाई सौर्जजित बास्कोटा र मनोजराज भण्डारीले सयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रलाई पुर्णेन्दु झा ले निर्देशन गरेका छन् । चलचित्र “चौका दाउ”मा सन्तोष पन्त, तैयव शाह, विल्सन बिक्रम राई, रविन्द्र झा, वर्षा राउत,निर्मल शर्मा, अजस्र ढुगांना, सोनिका केसी, स्वामी डाक्टर बिकाशा नन्द आदि कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा बरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाको कथा तथा संगीत, अभिमन्यु निरवीको पटकथा तथा संवाद, बसन्त श्रेष्ठ र भिमफेदी गाइजको कोरियोग्राफी, छायाँकन दीर्घ गुरुङ, सम्पादन मित्र डि गुरुङको रहेको छ ।

चलचित्र “चौका दाउ” पौष २७ गते रिलिज हुदैछ ।

Facebook Comments