• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
क्याप्टेन: अनमोल र उपासनाको ‘रहर छ संगै’




सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण भएको र अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीले निर्माण गरेको चलचित्र ‘क्याप्टेन’ को ‘रहर छ संगै’ बोलको गीत रिलिज गरिएको छ। उक्त रिलिज गीतमा नायक अनमोल केसी र नव नायिका उपासना सिंह ठकुरीलाई,एक अर्कासंग मिठो माया दर्शाउदै,रोमान्टिक मूडमा फिचर्ड गरिएको छ ।

नेपालका सुन्दर लोकेसनमा उक्त गीतलाई छायांकन गरिएको छ । संगीतकार अर्जुन पोखरेलले अन्जु पन्त र शुगम पोखरेलको मिठो अनि दमदार आवाजमा अलि भिन्न शैलीमा उक्त रोमान्टिक गीत तयार पारेका छन् ।

चलचित्र ‘ क्याप्टेन’ को निर्देशन दीवाकर भट्टराईले गरेका छन् । चलचित्रमा कलाकारहरु अनमोल केसी, सरोज खनाल, सुर्यमाला शर्मा खनाल,सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन बिक्रम राई, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठआदि रहेका छन् । चलचित्र ‘क्याप्टेन ‘मार्फत नेपाली चलचित्र क्षेत्रमा दुई नायिका उपासना सिंह ठकुरी र प्रियंका एमभीले डेब्यु गर्दैछन् । चलचित्र ‘क्याप्टेन’ मा लेखन सामिप्य राज तिमिल्सिना,संगीत अर्जुन पोखरेल, डिओपी सुदीप बराल, छायाँकन नवराज उप्रेती, नृत्य कविराज गहतराज, द्धन्द्व चन्द्र पन्त, सम्पादन दीर्घ खड्काले गरेका छन् ।

चलचित्रले फागुन १७ गतेलाई रिलिज मिति तोकेको छ ।

Facebook Comments