• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नगरपालिकाद्वारा सडक नाटक प्रस्तुत




रुकुम पश्चिम चाैरजहारी नगरपालिकाले लैङ्गिक हिंसा बिरुद्धकाे १६ दिने अभियानमा सडक नाटक प्रस्तुत गरेको छ । चाैरजहारी नगरपालिकाले अन्तर्राष्ट्रिय लैंगिक हिंसा बिरुद्धकाे १६ अभियानमा जन चेतनामूलक सडक नाटक प्रस्तुत गरेको हाे । वडा न. १४ बाट सुरु भएको सडक नाटक अभियानको अन्तिम दिन वडा न. २ काे शितल माबिमा प्रस्तुत गरेपछि समापन भएको छ ।

नगरपालिकाका सबै वडामा अनिवार्य र कतिपय वडाकाे दुई ठाउँमा पनि सडक नाटक प्रस्तुत गरेको कलाकार एल बि कटुवालले जानकारी दिए । उनका अनुसार बाल विवाह , मदिरा सेवन र घरेलु महिला हिंसा सम्बन्धि नाटक प्रस्तुत गरिएको हाे । नगर उप प्रमुख राधा राेकाका अनुसार गाउँमा अझै पनि चेतनाकाे अभाव भएकोले जनचेतनामूलक सडक नाटक प्रस्तुत गरिएको हाे । उनले भनिन् अहिले जटिल समस्या भनेको हाम्रो चाैरजहारी नगरपालिकामा बाल विवाह , मदिरा सेवनबाट हुने महिला हिंसा र घरेलु हिंसा भएकोले यसैलाई मध्यनजर सडक नाटक प्रस्तुत गरिएको हाे ।

चाैरजहारी नगरपालिकाकाे न्यायिक समितिमा पनि बालविवाह , मदिरा सेवनबाट हुने हिंसा र घरेलु महिला हिंसा सम्बन्धिका घटनाहरु बढी अाउने गरेका छन ।

Facebook Comments