घोराही उपमहानगरपािलका वडा नम्बर १४ निवासी खड्क केसीले जन्मदिनको अवसरमा रक्तदान गर्नुभएको छ ।
घोराही १४ सगरमाथा टोल विकास संस्थाका सचिवसमेत रहेका केसीले रगत नपाएर कोही अकालमै मर्ने स्थिति नआओस् भनेर रक्तदान गरेको बताउनुभयो ।
जन्मदिनमा फजुल खर्च गर्नुभन्दा थोरै भए पनि समाजका लागि योगदान होस् भनेर रक्तदान गरिएको उहाँले जानकारी दिनुभयो । पछिल्लो समयमा जन्मदिनमा रक्तदान गर्ने क्रम बढेको छ ।
उहाँले जन्मदिनको अवसरमा माक्स बैंकलाई एक सय थान सर्जिकल मास्क पनि प्रदान गर्नुभएको थियो । युवा समाजसेवी नरेन्द्र पुनले घोराही १४ मा शुरु गरेको मास्क बैंकमा पुगेर उहाँले मास्क दिनुभएको हो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
