• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
विभिन्न पालिकामा मेड्पाको अनुगमन





गरीबी निवारणका लागि लघु उद्यम कार्यक्रम मेडपा कार्यक्रमको अनुगमन गरिएको छ ।


त्रिवेणि, सानीभेरी र बाँफिकोट गाउँपालिका र मुसीकोट नगरपालिकामा मेड्पाद्धारा सञ्चालित कार्यक्रमको अनुगमन गरिएको हो ।


उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको आर्थिक सहयोग, उत्पीडित सामुदायिक विकास केन्द्र ओसीडीसी र विकास सरोकार समाज डिकोस रोल्पाको सहजिकरणमा चालु आर्थिक वर्षमा भएका कार्यक्रमको अनुगमन गरिएको हो ।


जिल्ला स्तरीय अनुगमन उप समितिको आयोजनामा त्रिवेणिको एउटा, सानीभेरीका २ बाँफिकोट गाउँपालिकाका २ र मुसीकोट नगररपालिकाका २ वटा कार्यक्रमको सयुक्त अनुगमन भएको हो ।


त्रिवेणि गाउँपालिका ४ को खुम्चेरीमा सञ्चालन भएको स्तरोन्नतीका लागि मध्यम अवधिको कटाई सिलाई तालिमको अनुगमन गरिएको थियो ।

सानीभेरी गाउँपालिका ८ मा पनि सोही तालिमको अनुगमन गरिएको थियो । सानीभेरी गाउँपालिका ३ मा भएको उद्यम विकास तालिम टोपे/टोसे सम्बन्धिको तालिमको अनुगमन गरिएको थियो ।


बाँफिकोट गाउँपालिका ३ भाग्लेको सीप स्तरोन्नतीका लागि मध्यम अवधिको उद्यमविकास तालिम टोपेटोसेको अनुगमन गरिएको थियो भने ५ नम्वर वडाको टोपे÷टोसे तालिमको अनुगमन गरिएको थियो । मुसीकोट नगरपालिकाको ४ र ६ नम्वर वडाको उद्यम विकास तालिम टोपे/टोसे तालिमको अनुगमन गरिएको थियो ।


बाँफिकोट गाउँपालिकामा अनुगमनमा सहभागि जिल्ला समन्वय समिति उपप्रमुख इन्दिरा बुढा मगरले तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गरेर आयआर्जन बढाउन आग्रह गर्नुभयो । सिकेको सिपको व्यववहारीक कार्यान्वयन नगरेपछि तालिमको औचित्य पुष्टि नहुने भएकाले सिकेको सिपलाई व्यवहारमा लगाउनुपर्ने भनाई उहाँको छ ।


कोरोना भाइरसका कारण गरिएको लकडाउनले भनेकाजति कामकाज सम्पन्न हुन नसकेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख मोहनकुमार केसीले बताउनुभयो । तीन महिना पूरै लकडाउनका कारण हुनुपर्ने लघु उद्यम सम्बन्धिका काम गर्न नपाएपछि कार्यालय, सहजिकरण गरिरहेको संस्था र लक्षित बर्गलाई समस्या भएको कार्यालय प्रमुख केसीले बताउनुभयो ।


बाँकी कार्यक्रम स्थानीय तह मार्फत सञ्चालन हुने भएकाले अब पनि यीनै कार्यक्रमले निरन्तरता पाउने गरी स्थानीय तहसँग समन्वय गर्नुपर्ने उहाँले जानकारी दिनुभयो । अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समितिका शाखा अधिकृत तेजकुमार ओलीले भएका कामकाज सन्तोषजनक पाइएको जानकारी दिनुभयो ।


लकडाउनका कारण धेरै काम हुन बाँकी रहेको भन्दै उहाँले भएको तालिम, कार्यक्रम सन्तोषजनक रहेको बताउनुभयो ।

अनुगमनमा जिल्ला समन्वय समिति सदस्य टेकबहादुर ओली, त्रिवेणि गाउँपालिका ४ का अध्यक्ष चन्द्रबहादुर खड्का, ५ का अध्यक्ष खडकबहादुर घर्ती, सानीभेरी गाउँपालिका ८ का अध्यक्ष शशिराम बुढाथोकी, ३ का अध्यक्ष विर्खबहादुर विष्ट, मुसीकोट नगरपालिका ४ का अध्यक्ष निर्मलकुमार पुन, ६ का अध्यक्ष वसन्तकुमार गौतम, कार्यक्रम अधिकृत कुवेर केसी, कार्यपालिका सदस्य कमला पुन बुढा, बाँफिकोट गाउँ कार्यपालिका सदस्य झरन चन्द, वडा सचिव गोपाल डाँगी, सानीभेरी गाउँपालिकाका बाल अधिकार अधिकृत मानबीर ओली, त्रिवेणि गाउँपालिकाका रोजगार संयोजक सागर सापकोटा, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्राविधिक खरिदार विजय चन्द, वसीडीसीका खड्क बस्त्राकार, डिकोसका कार्यक्रम संयोजक भीमबहादुर मल्ल लगायतको सहभागिता थियो ।

Facebook Comments