• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घाइते बृद्धको झण्डै २८ घण्टापछि उद्धार




घोराही १५ को भृकुटीनगर टोलमा हिजो विहान १० बजे नालामा खसेर घाइते भएका बेवारिसे घाइते बृद्धिको झण्डै २८ घण्टापछि उद्धार गरिएको छ ।


घोराही उपमहानगरपालिकाका विपद् ब्यवस्थापन समिति संयोजक तथा घोराही १४ का वडा अध्यक्ष शक्तिराम डाँगीको अगुवाइमा उद्धार गरिएको हो । अध्यक्ष डाँगी, घोराही उपमहानगरका स्वास्थ्य अधिकृत विकेश रेग्मी र उज्यालो विहानी फाण्डेशनका स्वयंसेवकले उद्धार गरी उहाँलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएका छन् ।

त्यहाँ स्वाब परीक्षण गरी निलसागर मानव सेवा आश्रम पिपरी देउखुरीमा लैजाने जानकारी पाएको भृकुटीनगरका स्थानीय युवा विवेक न्यौपानेले जानकारी दिनुभयो । बेवारिसे अवस्थामा हिडिरहेका बृद्ध नालामा बसेर घाइते भएपछि हिडडुल गर्न नसकेर सडककिनामा पल्टिरहेका थिए ।

उनको उद्धारका लागि लामो समयदेखि प्रयास गरे पनि आज दिउँसो झण्डै तीस घण्टापछि उद्धार गरिएको न्यौपानेले जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिका–१४ बसपार्क नजिक सरकारी खाली जग्गामा उनी झुप्रो बनाएर बसेका पवलसिंह बिक नाम गरेका बृद्ध पछिल्लो समयमा बेवारिसे अवस्थामा रहनुभएको छ । छोरी विवाह गरेर गएको, छोरा पनि सम्पर्कमा नआएको र श्रीमतीको पनि गत वर्ष निधन भएपछि उहाँ एक्लो हुनुभएको थियो ।

पछिल्लो समयमा मागेर जीवन धानिरहेका बृद्ध अब सशक्त हुँदै गएपछि हिड्न नसक्ने अवस्थामा पुग्नुभएको छ । यसबारे आज विहानै सिस्ने अनलाइनले समाचार कभर गरेको थियो ।
यो पनि पढ्नहोस्

Facebook Comments