नायक नवल खड्काले लामो समयदेखि काँडेतार अभियान सञ्चालन गरिनुभएको छ । अहिले कोरोना संक्रमण रोक्न अझ आवश्यक भएको उहाँले बताउनुभएको छ ।
‘मुख्य कुरा देश हो। हामी नेपालीको स्वभिमान हुर्काउने र बचाउने यो सानो आयतन हो’– उहाँले भन्नुभयो– ‘यस आयतनलाई भीमकाय आयतनयुक्त मुलुकले वरपरबाट घेरेकाछन्। बेलाबेलामा आड पाएका छौं भुल्नु हुन्न तीबाट तर अनेकन झञ्झट पनि बेहोरिरहेका छौं ।’
उत्तरमा हिमालले छेकेकाले सीमा व्यवस्थापन भए पनि दक्षिणमा भद्रगोल रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘त्यता सिमा मिच्ने, तस्करी, डकैति, कालावजारी, आतङ्ककारी सबै ओहोरदोहर गर्ने द्वार छ । हुँदाहुदाँ माहामारी भित्रने सुरूङ पनि देखिएको छ।’
उदयपुर वा विरगञ्जका कोरोना संक्रमितको रहस्यमय प्रवेश खुला सीमाबाट नै भएको उल्लेख गर्दै उहाँले थप्नुभयो– ‘पुर्वाग्रह होइन, अहिलेको कोरोना कहरले पनि सीमा व्यवस्थापनको मागको आचित्य सावित गर्दछ, सीमा वन्द गरौं, प्रवेश व्यवस्थापन गरौं । कोरोनालगायत अन्य महामारीको नियन्त्रण गर्न सीमानामा काँडेतार लगाऔं ।’
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।