• १४ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अष्ट्रेलियाका नेपाली विद्यार्थीको कन्सल्टेन्सीहरुलाई आग्रह– सुखमा जस्तै दुःखमा पनि साथ दिनुस्





अष्ट्रेलियामा रहेका विद्यार्थीहरुले आफूहरुले बिदेश पठाउन सहयोग गर्ने कन्सल्टेन्सीहरुलाई संकटको बेला सहयोग गर्न आग्रह गरेका छन् ।


अष्ट्रलियामा रहेका नेपाली विद्यार्थीको छाता संगठन प्रवासी नेपाली विद्यार्थी संगठन अष्ट्रेलियाले विज्ञप्तिमार्फत यस्तो आग्रह गरेको हो । हिजो अष्ट्रेलिया पठाउन, कलेज र काम खोजिदिन सहयोग गर्ने कन्सल्टेन्सीहरुले अहिले नेपाली विद्यार्थीहरुलाई परेका अफ्ठ्यारामा पनि सहयोग गरिदिन आग्रह गरेको हो ।


संगठनका संयोजक सम्राट ओलीले विज्ञप्ति जारी गरी साथै अष्ट्रेलियामा रहेका सबै नेपालीलाई नेपाली विद्यार्थीको समस्यामा साथ दिन आग्रह गरिएको छ । विज्ञप्तिमा आफूहरु सुरक्षित रहेकाले धैर्य रहन नेपालमा रहेका अभिभावकलाई आग्रह गरिएको छ ।


विज्ञप्तिको पूर्ण पाठः
महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले विश्व समुदाय नै आक्रान्त बनेको छ । यसबाट संसारभर रहेका हरेक मुलुक उच्च जोखिममा छन् । महामारीलाइ रोकथाम र न्यूनीकरण गर्न प्रवासी नेपाली बिद्यार्थी संगठन बिभिन्न तवरबाट निरन्तर लागिरहेको कुरा यहाहरुमाझ अवगत नै छ तथापि यस महामारीसँग जुध्ने कार्य निकै नै कष्ट्पूर्ण छ। कठिन परिस्थितिमा संयम र सचेत भै सुरक्षित तवरले बसेर आफू पनि बच्न र अरुलाइ पनि बचाउन आदरणीय बिधार्थि साथीहरुलाइ आग्रह गर्दछौ ।

अहिलेसम्म यहाहरुको धैर्यता, सहयोग र साथ प्रति सिङ्गो प्रवासी नेपाली बिधार्थी संगठन धन्यवाद ज्ञापन गर्दछ । बिपदको यस घडीमा आम विद्यार्थी साथिहरु, नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलगायत बिभिन्न संघ, सस्था, उद्यमी, व्यापारीलगायत सबैमा सहयोगको आह्वान गर्दछौ । बिषम परिस्थितिमा अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थी मध्ये अधिकांश साथीहरुको महिनौ अघिदेखि काम छुटेको र यो क्रम निरन्तर चलिरहेको छ । यहाँको अवस्था दिन प्रतिदिन खस्कदो रहेको छ ।

यहाको दैनिक छाक टार्न, बसेको कोठाको भाडा तिर्न र कलेजको पढाइ शुल्क जम्मा गर्न र तिर्न अहिलेको अवस्थाले निकै हम्मेहम्मे र पार नलगाउने अवस्थाका बिस्तारै सिर्जना हुदै छ । यस बिषम् परिस्थितिको सामना गर्न र गराउनका निम्ति अस्ट्रेलियामा सयौको सन्ख्यामा रहेका कन्सल्टेन्सीहरु,, जसका कारण आज हामी यहा छौ र यो सहकार्य अगामि दिनहरुमा पनि निरन्तर अगाडि बढ्नेमा हामी आशावादी छौं।

विद्यार्थी साथीहरुको त्रैमासिक, पाक्षिक र बार्षिक शुल्क तिरे बापत केही अंश कन्सल्टेन्सी अर्थात मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुहुने तपाइ सबैमा कलेज, युनिभर्सिटीबाट पुग्ने कुरा आम साथीहरुको बुझाइ बिदितै छ । हामी अहिलेको परिस्थितिमा यी सबै मध्यस्तकर्ताहरुमा के आह्वान गर्दछौ भने तपाइहरुको हिजो नेपाल छदा र अस्ट्रेलिया बुझ्नदेखि यहा रहदा समेत भिजा कलेज आदि इत्यादि कुराहरुमा हरकदम दरिलो साथ पाइरहेका छौ, जसको हामी खुलेर प्रशंसा गर्दछौ ।

यही सहयोगको निरन्तरता केवल व्यापारिक दृष्टिकोणले मात्र नभइ मानवीय दृष्टिले समेत गर्न पाउने यो नै अहिलेको अति महत्वपूर्ण घडी रहेको र यस घडीलाइ अवसरको रुपमा लिइ विद्यार्थी साथिहरुलाइ सहयोग गरी यस दुखको तलाउबाट उतार्न र केही हदसम्म पार गराउन यहाहरुको सहयोगको अपेक्षासहित यस अवसरको भरपुर प्रयोग गर्नुहुन समेत अनुरोध गर्दछौ । आगामी दिनमा समेत यहाहरु सङ्ग हाम्रो असल सहकार्य रहने नै छ ।

कन्सल्टेन्सी र विद्यार्थी एक सिक्काको दुइ पाटा हुन्, जसमा नङ् र मासुको जस्तो सम्बन्ध रहेको छ । सुखमा मात्र नभई दुखमा समेत हामी आएको कन्सल्टेन्सीले हामीलाइ सहयोग गरेको छ मानौ हाम्रो यो प्रदेशी भूमिमा अभिभावक रुपमा बुझ्न पाउने छौ। अन्तमा यहाहरु सबैमा विद्यार्थीप्रति आर्थिक, नैतिक र भौतिक सहयोगको अपेक्षा राख्दै यहाहरुको आगामी कार्यको समेत खुलेर प्रशंसा गर्न पाउने कुराको अवसर प्रदान गर्नुहुनेछ भन्दै सम्पूर्ण साथीहरुलाई आफू र आफ्नो सााथीहरुश्रको सुरक्षाको बिषेश ख्यालसहित नेपालमा रहनुहुने बुवाआमाहरुप्रति धैर्यता र सहनशीलता लागि आग्रह गर्दछौं ।

साथै कतै काम मिलेको या भेटिएको अवस्थामा निकै नाजुक अवस्थामा रहेका साथीहरुर्ला सहयोग गरी हरेक साथीहरुको एक गास र बासको सुनिश्चितताका लागि निम्ति सहयोग गर्न अनुरोध गर्दछौ ।

Facebook Comments