पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
केन्द्रले तुलसीपुर उमहानगरपािलका १८ का अध्यक्ष माधब ओली र पालिका सदस्य देबराज बिकको उपस्थितिमा सहयोग गरेको हो ।
जसअनुसार बेलझुण्डी प्रहरी चौकी र कोरना अस्पतालमा कार्यरत सुरक्षाकर्मीलार्य सेनिटाइजर १६ वटा सिसि र १ लिटर, मास्क दुइ पोका, प्रहरी चौकी हेमन्तापुरमा १२ सिसि र १ लिटर, मास्क तीन पोका, हेल्थ पोष्ट कुटीचौरमा स्यानिटाइजर १ सिसि र आधालिटर, नगर स्वस्थे चौकी हेमन्तापुरमा आधा लिटर स्यानिटाइजर, वडा कार्यालय १८ मा १ सिसि र आधा लिटर स्यानिटाइजर सहयोग गरिएको छ ।
सबैतिर दश हजार बराबरको स्यानिटाइजर र मास्क वितरण गरिएको पर्यावरणीय दिगो बिकास एवं अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतले जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।