कोरोनो भाइरसको संभावित खतरालाई मध्यनजर गरी घोराही उपमहानगरपालिकाले वडा नम्बर ३ स्थित कुइरेपानीमा आइसोलेशन केन्द्र स्थापना गरेको छ । प्रेरणाका लागि अभियानको मानव सेवा आश्रम भवनमा आइसोलेशन केन्द्र स्थापना गरिएको हो ।
आज बसेको कार्यपालिका बैठकले केन्द्र स्थापना गर्ने निर्णय गरेको हो । भोलिदेखि नै सञ्चालनमा आउने केन्द्रमा चिकित्सक र सात जना स्वास्थ्यकर्मी रहनेछन् । त्यस्तै सुरक्षाकर्मी पनि रहनेछन् ।
स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पनि १४ दिनसम्म क्वारेन्टनाइनमै रहने नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । शंकास्पद व्यक्ति भेटिए उनीहरुलाई ल्याएर राखिने, सामान्य ल्याव जाँच गोग्ली स्वास्थ्य चौकीमा गर्ने, संभव हुने जति उपचार गर्ने र गम्भीरलाई बेलझुण्डीको कोरोना बिशेष अस्पतालमा लगिने गरी ब्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । यसमा १५ देखि २० जनासम्म राख्नसक्ने बेड ब्यवस्थापन गरिएको छ ।
त्यस्तै घोराही उपमहानगरपालिकाले परिवार नियोजन संघसँग पनि आइसोलेशनका लागि छलफल भइरहेको बताउनुभयो । नेपाल परिवार नियोजन संघ दाङका कार्यालय प्रमुख बसन्त खनालले १० देखि १५ जनासम्म राख्ने गरी आइसोलेशन बेड र जनशक्ति तयारीमा अवस्थामा राखिएको जानकारी दिनुभयो ।
घोराही उपमहानगरपालिकाले आवश्यकता परेमा मावि रझेना, मावि भरतपुर आदिलाई पनि क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने गरी तयारी गरिएको जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।