• १४ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गाउँमा मास्क उत्पादन तीब्र




रोल्पाको रुन्टीगढीमा मास्क उत्पादन तीब्र पारिएको छ । गाउँमा मास्क अभाव हुन थालेपछि उत्पादन बढाइएको हो ।

रुन्टीगढी गाउँपालिका ६ नम्बर वडामा रहेको बिहानी जागरण युवा क्लबले कोरोनाको सतर्कताका लागि नि:शुल्क मास्क र हात धुने साबुन बितरण गर्ने भएको छ ।

क्लबले हाल बिश्वब्यापी माहामारी रूपमा फैलिएको कोरोना भाइरल (कोभिड १९) बाट वचन र बचाउनका लागि नि:शुल्क मास्क र हात धुने साबुन बितरण गर्ने भएको हो ।


रुन्टीगढी गाउँपालिका ६ नम्बर वडा (साबिक डुब्रीङ ३ नम्बर)का वडाबासीहरुलाई कोरोना भाइरसबाट आफू पनि बाचौ र अरुलाई पनि बचाउने भन्ने मुल उद्देश्यका साथ नि:शुल्क मास्क र हात धुने साबुन बितरण गर्ने लागेको क्लबका अध्यक्ष केशर बहादुर रावतले बताएका छन् ।

कोरोना भाइरस यतिबेला कल्पना गर्नै नसकिने गरेर तिब्र गतिमा फैलिएको र यो माहामारीबाट बच्नका लागि क्लबले आफ्नो जनउत्तरदायी भुमिका बहन गर्दै साबिक ३ मा रहेका ओखरपाटा,छाप र झालबाङमा करिब १०५ घरधुरीका जनताहरुलाई ५०० सय मास्क र १०५भन्दा बढी हात धुने बितरण गर्न लागिएको समेत जानकारी दिए ।

Facebook Comments