मुसिकोट नगरपालिका वडा न ९ मा कोरोना भाइरस सम्बन्धि एक दिने जनचेतनामूलक कार्यक्रम सप्पन्न भएको छ ।
बिश्वब्यापी रुपमा माहामारिको रुपमा फैलिएको कोरोना भाइरस बाट बच्नको लागि आफुले अपनाउने सजक्ता,ध्यान दिनुपर्ने कुरा,रोगका लक्ष्यण उपचारको ब्यबस्था र यश बाट जोगिनको लागि ब्यक्तिगत रुपमा ख्याल गर्नु पर्ने विषयमा सचेत गराइएको थियो ।
वडा अध्यक्ष नवीन ओली को अध्यक्षतामा सप्पन्न भएको सो जनचेतनामूलक कार्यक्रममा वडाका जनप्रतिनिधि,स्वास्थ्य चौकि ब्यबस्थापन समितिका पदाधिकारी महिला स्वयमसेबिका, प्रत्येक विद्यालयका प्र अ हरु र नेपाल प्रहरि समेतको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा वडा सचीव टेक बहादुर रोकाय र स्वास्थ्य चौकी चौखावाङका इन्चार्ज डिल्लीराम बोहराले कोरोना भाइरस सम्बन्धि सहजीकरण गर्नु भएको थियो भने आजकै मिति देखि कोरोना भाइरस सम्बन्धि सचेतनाको लागि वडा कार्यालयमा हेल्प डेक्सको स्थापना समेत गरिएको छ भने कोरोना भाइरस बाट बच्नको लागि अपनाउने उपाएको बारेमा प्रचारप्रसार गर्न प्रचापम्पलेट समेत बितरन गरियको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।