• १४ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अध्ययन समूहको बैठकः बौद्धिक समुदायमा अभियान विस्तार गरिने





अध्ययन समूह दाङको प्रशिक्षण तथा बैठक घोराहीमा सम्पन्न भएको छ ।


समूहको भिजन र मिसनको बारेमा बोल्दै संयोजक प्रमोद धितालले जीविका र उपभोगमुखी अध्ययन र चिन्तन प्रणलीको विकल्पमा सचेत, जागरुक र विद्यामान विसंगतिप्रति प्रश्न गर्नसक्ने क्षमता निर्माण गर्ने गरी अध्ययन प्रणाली अघि बढाउनुपर्ने बताउनुभयो ।

अध्ययन समूहका सदस्य तथा ग्रीनस्टारका संयोजक बसन्त रिजालले अध्ययन समूहको आवश्यकता र उद्देश्यको बारेमा प्रकाश पार्नुभएको थियो ।


बैठकले उद्देश्यकेन्द्रित अध्ययन संस्कृतिलाई स्थापित गर्न विद्यार्थी, शिक्षक तथा बौद्धिक समुदायसम्म विस्तार गर्ने निर्णय गरेको छ । संस्था र अभियानलाई ब्यवस्थि तगर्न समूहमा आवद्ध सदस्यबाट मासिक लेवी तथा सहयोग उठाउने, अध्ययन तथा विक्री वितरणका लागि पुस्तकालय निर्माण गर्ने, हरेक महिनाको पहिलो शनिवार नियमित प्रशिक्षणात्मक कार्यक्रमलाई निरन्तरता दिने, सामाजिक, सांस्कृतिक सरोकारका बिषयमा बहस चलाउने, बिषयगत विभाग गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।


त्यसैगरी चैत २२ गते शनिवार घोराहीमा सार्वजनिक कार्यक्रम गर्ने निर्णय भएको संयोजक धितालले जानकारी दिनुभयो । कार्यक्रममा सदस्यहरु हरि भट्टराइ, लक्ष्मी न्यौपाने, नवीन श्रेष्ठ, मुना खनाल, शिशिर रावत र श्रवणकुमार नेपालीले बोल्नुभएको थियो ।

Facebook Comments