प्रेस संगठन नेपाल रुकुम पश्चिमको प्रथम भेला तथा सपथ ग्रहण कार्यक्रम मुसीकोटमा सम्पन्न भएको छ । तत्कालिन प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल विच एकता भएपछिको प्रथम भेला तथा सपथ ग्रहण कार्यक्रम आज भएको हो ।
कार्यक्रममा संगठनका कर्णाली प्रदेशका संयोजक बीरवहादुर गिरीले जिल्ला संयोजक, सह–संयोजक सहित सदस्यहरुलाई सपथ ग्रहण गराउनुभयो । दुई संगठन एक भएपछि जिल्लामा २५ सदस्यीय प्रेस संगठन नेपाल निर्माण भएको छ ।
संयोजक, सह–संयोजक तथा सदस्यहरु यस अघि नै मनोनित भैसकेको भएपनि सपथ ग्रहण भने आज गराईएको हो । त्यस्तै भेलाले संगठनको कार्यालय स्थापना गर्ने, वार्षिक रुपमा संगठनको मुखपत्र निकाल्ने र निशुल्क पत्रकारीता तालिम संचालन गर्ने लगायतका विभिन्न निर्णयहरु गरेको छ ।
भेला तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज एवं जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले पत्रकारले सर्वहारा वर्गको आवाज बोल्नुपर्ने बताउनुभयो ।
हरेक पक्षबाट उत्पिडनमा परेका समुदाय, वर्ग, क्षेत्र, लिंग तथा समुदायको आवाज पत्रकारले बोल्नुपर्ने र उनिहरुको मुक्तिका लागि कलम चलाउनु पर्ने उहाँको भनाई छ । त्यस्तै जनताको समृद्धि र एकताको पक्षमा मिडिया र पत्रकारको भुमिका हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रेस संगठन नेपालका जिल्ला संयोजक मेगराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका जिल्ला सचिव विमलकुमार पुनको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रवन्धक गोविन्द रोका सचिन, प्रेस संगठनका प्रदेश इन्चार्ज धु्रवविक्रम बुढाथोकी, संयोजक बीरवहादुर गिरी, सह संयोजक प्रतिकइच्छुक शर्माको आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा संगठनकाकेन्द्रीय सदस्य नारायण कुमार शाह, कोपिला बिएम, प्रदेश सदस्य वीरवहादुर मल्ल, रमेशकुमार ओली, संगठनका रुकुम पूर्वका संयोजक महेश केसी, जाजरकोटका संयोजक हेमन्त केसी, पत्रकार महासंघ रुकुमका उपाध्यक्ष मनिषा केसी लगायतको पनि आतिथ्यता रहेको थियो ।
संगठनका जिल्ला सदस्य ज्ञानु गौतमको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सह–संयोजक अमरराज पुनले गर्नुभएको थियो ।।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।