प्रदेश नं. ५ कै मुख्य शहरहरु मध्ये दाङको घोराही पनि एक हो । यो शहरमा विशेष गरेर रोल्पा, रुकुम, सल्यान र प्यूठान लगाएत अन्य जिल्लाका मानिसहरु स्थायी तथा अस्थायी रुपमा बसोबास गरेको पाइन्छ भने अझ यस शहरमा अधिकांश पढ्ने विद्यार्थीहरुको ठुलो जमात देखिन्छ ।
वर्षैपिच्छे धेरै मानिसहरु घोराहीमा भित्रिने भएकै कारण यहाँ बस्नका लागि कोठाहरु पाउँनै मुस्किल छ । कोठाहरु नै पाइदैनन् । यदि कोठा पाइहाले पनि घरबेटीलाई चर्काे भाडा तिर्नुपर्ने बाध्यता रहेको छ । यसको असर सबैभन्दा बढी विद्यार्थी वर्गमा देखिन्छ । र, यस विषयमा अझैसम्म स्थानीय निकाय तथा सरोकारवालहरुले केही समाधानका उपाए खोज्न सकेका छैनन् ।
तर, यि यस्ता समस्याको समाधान खोज्ने प्रयासले दाङका दुई जना युवाहरुले घोराहीमा सुविधा सम्पन्न द रोयल इन ब्वाइज होस्टेल सञ्चालनमा ल्याएका छन् । घोराही उपमहानगरपालिका १५ नं. वडा भित्र बस्ने युवा किसन वली र भ्युकुमार पुन मगरले संयुक्त लगानीमा घोराहीको भरतपुरमा सो होस्टेल सञ्चालनमा ल्याएका हन् ।
होस्टेलका सञ्चालक किसन वलीले घोराहीमा बढ्दो शहरीकरण तथा अव्यवस्थित बसोबासकै कारणले गर्दा विद्यार्थीको माग अनुरुप नै द रोयल इन ब्यइज होस्टेल सञ्चालनमा ल्याएको बताए । गुणस्तरीय शिक्षाका लागि दाङ एक मुख्य शहरका रुपमा परिचित भए संगै यस क्षेत्रमा सहजै रुपमा कोठा नपाउँनु, पाए पनि घरबेटीलाई चर्काे भाडा तिर्नुपर्ने र भने जस्ता कोठाहरु नपाईने भएकाले विद्यार्थीका समस्यालाई उजागर गर्ने उद्धेश्यले उपयुक्त स्थानमा सो होस्टेल सञ्चालनमा ल्याउँनु परेको समेत बताए । घोराहीको भरतपुरमा तिन फल्याटको घर ५ वर्षका लागि लिजमा लिएर मासिक ४० हजार भाडा तिर्ने सहमतीमा करिब ७ लाखको लगानीमा होस्टेल खोलेको उनलको भनाई थियो ।
‘हामीले होस्टेलमा सुरक्षित होस भन्ने उद्धेश्यले सिसी क्यामेरा जडान गरेका छौं,’उनले भने‘ विद्यार्थीलाई प्रत्यक्ष निगरानी राख्नको लागि र त्यहाँको वातावरण सहजै बुझ्न सकियो भनेर होस्टेलमा सिसी क्यामेरा जोडेका हौं ।’ विद्यार्थीकै सरल र हजता होस् भनि होस्टेलमा ट्युसनको व्यवस्था भएको र प्रोजेक्टरको माध्यमबाट भिडियो मार्फत पढाईको व्यवस्था भएको उनले बताए ।
विशेष गरेर कोरियन र जापानिज भाषा पढ्ने छात्र विद्यार्थीका लागि मात्र भनिएता पनि यो होस्टेलमा बिज्र कोष, लोक सेवा तयारी तथा अन्य ट्युसन क्लास लिने छात्र विद्यार्थीहरु आफ्नो आवश्यकता अनुरुप होस्टेलमा बस्न सक्ने र विद्यार्थीका लागि हेस्टेलमा टेलिफोन, नेट, टिभी, प्रोजेक्टर,भलिबल, फुटबल,ब्याटमिन्टन आदिको सुविधा भएको उनको भनाई थियो ।
त्यसैगरी होस्टेलका सञ्चालक भ्युकुमार पुनले आधुनिक समय र विद्यार्थीको माग अनुसारको छात्र होस्टेल सञ्चालनमा आएको बताए । अहिले होस्टेलमा २६ जना विद्यार्थीहरु बस्दै आएको र यस होस्टेलमा करिब ३५ जनासम्म मात्र विद्यार्थीहरु राख्न सकिने पनि उनले बताए । हालसम्ममा होस्टेलमा १० वटा कोठाहरु रहेका छन् र विद्यार्थीहरुको माग अनुसार चाप बढ्दै गएमा थप घर लिजमा लिएर बस्ने वातावरण मिलाउँने पनि उनको भनाई थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।