यहि फागुन २२ गतेदेखि चैत्र २ गतेसम्म रुकुम पश्चिमकाे चाैरजहारी नगरपालिमा सञ्चालन हुने दाेस्राे चाैरजहारी बृहत सांस्कृतिक महाेत्सवकाे ठेक्का दिएको भन्दै समाजिक सञ्जालमा अालाेचना भएपछि महाेत्सव मुल अायाेजक समिति संयाेजक प्रेम सुनारले महाेत्सवकाे कुनै ठेक्का नदिएको बताएका छन् ।
उनले भने हामीले महाेत्सवकाे ठेक्का दिएका छैनौं केही अाफुलाई चित्त नबुझेका साथीहरूले मात्रै त्यसाे भनेका हुन् । महाेत्सवमा राखिने स्टल , पिङ , बाल उड्डयन लगायतको जिम्मा अकाला एमाउन्टेन मेन्ट प्रालिलाई दिएका हाैँ , उसले महाेत्सव भित्र ब्यापारिक स्टल , राेटेपिङ लगायत सञ्चालन गरेवापत अायाेजकलाई ७ लाख २० हजार बुझाउने सहमति भएको हाे अन्यथा चाैरजहारी र अायाेजककाे अस्तित्व समाप्त हुने कुनै पनि ठेक्का छैन् ।
संयाेजक सुनारले भने हामीले अघिल्लो बर्ष सञ्चालन गरेको महाेत्सवमा पनि ४ लाखमा सम्झौता गरेका थियौं , साेही अनुसार जिम्मा लिएको कम्पनीले हामीलाई पैसा बुझाएको हाे याे बर्ष पनि रकम बढाएर सम्झौता भएको हाे यसलाई ठेक्का भन्न मिल्दैन । उनका अनुसार मेन्ट प्रालिले २ लाखमा सुरुमा बुझाएको छ भने २ लाख बिचमा ३ लाख २० हजार अन्तिममा बुझाउने छ ।
अायाेजकका अनुसार महाेत्सवकाे प्रचारप्रसार , ब्यवस्थापन लगायतको काम धमाधम भइरहेको छ । कृषि , व्यापार , पर्यटन प्रवर्द्धन सांस्कृतिक संरक्षणका लागि हाम्रो अभियान , स्थानीय उत्पादन , दिगाे अर्थतन्त्र निर्माणमा अात्मनिर्भर एकताको पहिचान भन्ने मुल नाराका साथ महाेत्सव सञ्चालन गर्न लागिएको हाे ।
उद्योग वाणिज्य संघ चाैरजहारी र नगर संगित समिति चाैरजहारीकाे अायाेजनामा सञ्चालन हुने महाेत्सवमा चाैरजहारी नगरपालिका बिशेष सहयाेगिकाे रुपमा रहेको छ । महाेत्सव सञ्चालनकाे लागि स्थानीय सरकारबाट अनुमति पत्र समेत लिइसकेको अायाेजक बताएको छ । महाेत्सवमा महानायक राजेश हमाल , बालकलाकार कमला घिमिरे , गायिका पुर्णकला बिसि , अाधुनिक गायक प्रमाेद खरेल लगायत राष्ट्रिय तथा स्थानीय कलाकारकाे प्रस्तुति रहने छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
