पूर्वसभामुख एवं प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महरा जन्मस्थल रोल्पा पुग्दा स्थानीयले भव्य स्वागत गरेका छन् । उहाँको दाङबाट प्युठानहुँदै रोल्पा पुग्नुभएको हो ।
सो क्रममा महरालाई प्युठानको देवीस्थानदेखि नै सम्मान गर्न थालिएको थियो । त्यस्तै चकचके, भिंग्री, सुलीचौरहुँदै लिवाङसम्म पुग्दा उहाँलाई भव्य स्वागत गरिएको छ ।

अदालतबाट सफाइ पाएर फर्केपछि उहाँ रोल्पा पुग्दा ठूलो सम्मान पाउनुभएको हो । रोल्पाको लिवाङको मेवाङ जन्मघर भएका महराले २०४८ र २०७० मा रोल्पाबाटै चुनाव जित्नुभएको थियो । शिक्षण पेशा छाडेर राजनीतिमा लागेका महरा रोल्पाली कम्युनिष्ट आन्दोलनका पनि अगुवा गुरु मानिनुहुन्छ ।
अहिलेका उपराष्ट्रपति, उर्जामन्त्रीलगायतकास सबै रोल्पामा माओवादी नेताहरु उहाँकै चेला हुन् । त्यसैले पनि सबै रोल्पालीले महरालाई ‘महरा सर’को रुपमा सम्मान गर्ने गर्दछन् ।

रोल्पा पुगेका महराले शुभेच्छुकलाई सम्वोधन गर्दै सो क्रममा बोल्दै पूर्वसभामुख महराले यो अपार प्रेमले आफू भावविह्वल भएको बताउनुभयो । यसले दाङलाई एकताबद्ध गरेर जिल्लाको विकासका लागि अघि बढ्न थप दायित्व थपिएको महसुस आफूले गरेको उहाँले बताउनुभयो ।
उहाँले ले जनताको तागतका अगाडि कसैको केही नलाग्ने बताउनुभयो । ‘‘म तीन महिरा भूमरीमा परें। अहिले छुट्कारा पाएको छु। कसैले षड्यन्त्र गर्दैमा गलत कुरा सही हुन सक्दैन,’ उहाँले भन्नुभयो– ‘अन्तमा मैले न्याय पाएको छु। यो मेरो जीत होइन, तपाईं जनताहरुको हो।’

आफू जनताको बीचमा आएको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘जनताको तागतको अगाडि कसैको केही लाग्दैन। मलाई जनताको साथ छ। यही नै ठूलो कुरा हो।’

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
