श्रवण कुमार यादव
देउखुरी। सर्प संरक्षण गर्दै आउनुभएका शिवु खनाल सम्मानित हुनुभएको छ ।
लमही नगरपालिका वडा नम्बर ५ गोरक्ष टोल निवासी सर्प संरक्षणकर्मी शिवु खनाललाई महिला पतंजलि योग जिल्ला समिती दाङले एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो ।
सर्प संरक्षणकर्मी खनालले लमही नगरपालिका, गढवा, राप्ती र राजपुर गाउँपालिका भित्र घर, सार्वजनिक स्थलमा रहेका विभिन्न प्रजातिका विषालु र अविषालु सर्पहरूको उद्घार गर्दै उचित प्राकृतिक बासस्थानमा छोड्दै आउनुभएको छ ।
उहाँले हालसम्म तिनसय भन्दा बढी सर्पको सकुशल उद्धार गरी अजम्मरी सामुदायिक वन क्षेत्रमा छोड्दै आउनुभएको छ । खनालले अति विषालु कोभ्रा, करेट, अजिङ्गर लगायत अन्य अविषालु सर्पहरु स्थानियको घर, सार्वजनिक स्थलबाट उद्दार गरेर वन क्षेत्रमा छोड्दै आउनुभएको हो । खनालले महिला पतंजलि योग जिल्ला समिती दाङको सम्मानले आफूलाई सर्प संरक्षणमा थप जिम्मेवारी बनाएको बताउनुभयो।
देउखुरी सहित लमही नगरपालिका क्षेत्रभित्र सर्प उद्धार गर्दै समाजमा जनचेतना फैलाउने र पत्रकारिता मार्फत सत्य सूचना प्रवाह गर्ने योगदान प्रशंसनीय रहेको र मानव–वन्यजन्तु सहअस्तित्वको सन्देश फैलाएको भन्दै महिला पतंजलि योग जिल्ला समिती दाङका अध्यक्ष सहना श्रेष्ठ, पतञ्जली गोग नगर समिति लमहीका अध्यक्ष भेषराज भट्टराईले सम्मान गर्नुभएको हो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
