• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
संविधान दिवसमा माओवादी केन्द्र राप्तीद्वारा भालुबाङमा दीप प्रज्वलन




भालुबाङ। संविधान दिवस–२०८२ को अवसरमा नेकपा (माओवादी केन्द्र) राप्ती गाउँ कमिटीले शुक्रबार साँझ भालुबाङमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम गाउँ कमिटीका अध्यक्ष रणबहादुर पुजाली ‘राजेन्द्र’ को अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य होमप्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले संविधान दिवसले राष्ट्रिय एकता, सार्वभौमसत्ता र जनअधिकारलाई मजबुत बनाउन अवसर दिलाएको उल्लेख गर्दै संविधान कार्यान्वयनमा अझै चुनौती रहे पनि प्राप्त अधिकारको संरक्षण गर्दै अघि बढ्नु आवश्यक रहेकोमा जोड दिनुभयो ।

वक्ताहरुले पछिल्लो समय जेन्जी पुस्ताले उठाएका मुद्दा र मागहरू माओवादी आन्दोलनकै निरन्तरता भएको स्मरण गराउँदै युवा पुस्ताको जागरणलाई सकारात्मक दिशामा मार्गनिर्देशन गर्दै सामाजिक न्याय, समावेशिता र समान अवसरका लागि निरन्तर संघर्षरत रहने प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा प्रदेश सचिवालय सदस्य टोपबहादुर कार्की, प्रदेश सदस्य तथा राप्ती गाउँपालिका सह–इन्चार्ज नारायण शर्मा लगायतले संविधान जनअधिकार सुनिश्चित गर्ने ऐतिहासिक उपलब्धि भएको बताउनुभयाे । उहाँहरूले मुलुकलाई राजनीतिक स्थायित्व र समृद्धिको बाटोमा अघि बढाउन संविधान कार्यान्वयन अपरिहार्य रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा पार्टीका विभिन्न तहका पदाधिकारी, जनवर्गीय संगठनका प्रतिनिधि, स्थानीय नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण गाउँ कमिटीका वरिष्ठ उपाध्यक्ष तुला गिरीले गर्नुभएको थियो ।

Facebook Comments