• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्ती गाउँपालिकाद्वारा सहिद परिवारलाई सुपानेट झुल वितरण सुरु




 

सिसहनियाँ  । दाङको राप्ती गाउँपालिकाले सहिद परिवारलाई सम्मानस्वरूप सुपानेट झुल वितरण सुरु गरेको छ।

देशको व्यवस्था परिवर्तनका लागि जनयुद्ध तथा विभिन्न जनआन्दोलनहरूमा सहिद भएका व्यक्तिहरूकाे परिवारलाई सो झुल वितरण गर्न थालिएको हो।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सहिद परिवारहरूलाई गाउँपालिकाले सदैव सम्मान गर्ने बताउँदै सहिदहरूको त्यागको कदर गर्नु पालिकाकाे दायित्व भएको बताउनुभयो।

त्यस्तै उहाँले शहिदहरूको परिवारलाई सहयोग पुर्‍याउन सके मात्र सहिदहरूप्रति सच्चा श्रद्धाञ्जली व्यक्त हुने बताउनुभयो।

कुनै औपचारिक कार्यक्रम गरेर दोसल्ला ओढानुकाे साटो उहाँहरूकाे घरघरमा पुगेर वास्तविक आवश्यकता बुझ्दै सहयोग गर्नु नै प्रभावकारी सम्मान हुने अध्यक्ष विष्टको भनाइ रहेको थियो।

मंगलबारदेखि सुरु गरिएको झुल वितरण कार्यक्रमअन्तर्गत पहिलो दिन वडा नम्बर ३ र ५ का केही सहिद परिवारलाई झुल प्रदान गरिएको छ। पालिकाले सबै वडाका सहिद परिवारका घरमै पुगेर झुल वितरण गर्ने जनाएको छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चौधरी, वडा नम्बर ५ का अध्यक्ष देवप्रसाद चौधरी, कार्यपालिका सदस्य रण बहादुर पुजाली, चम्फा भुसाल, ३ नम्बर वडा सदस्य इश्वरी परियार,वडा नम्बर २ का पूर्व वडा अध्यक्ष जगत थापा, समाजसेवी बसन्तराज शर्मा, तुला गिरी, दुर्योधन पाण्डे लगायतको उपस्थिति रहेको थियो।

पालिकाले सहिद परिवारका लागि आगामी दिनमा थप राहत तथा सहयोग कार्यक्रमहरू ल्याउने प्रतिबद्धता जनाउँदै शिक्षा, स्वास्थ्य र जीविकोपार्जनका क्षेत्रमा विशेष प्राथमिकता दिइने बताएको छ।

Facebook Comments