• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
माओवादी केन्द्रको कार्यविभाजन टुंगियो, फागुन १२ देखि देशव्यापी अभियान




काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । सोमबार प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो ।

कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेललाई यथावत् राखिएको छ । मधेस प्रदेशमा उपमहासचिव मातृका यादवलाई जिम्मेवारी दिएको छ । बागमती प्रदेशमा सचिव हितमान शाक्यले इन्चार्जको जिम्मेवारी पाएका छन् ।

यस्तै गण्डकी प्रदेशमा सचिव दीनानाथ शर्मालाई नै यथावत राखिएको छ । यस्तै लुम्बिनी प्रदेशमा सचिव चक्रपाणि खनाल, कर्णाली प्रदेशमा स्थायी समिति सदस्य कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेललाई इन्चार्जमा यथावत् राखिएको छ ।

यसैगरी उपत्यका विशेषमा स्थायी समिति सदस्य जयपुरी घर्ती, प्रवासतर्फ सार्क प्रदेशमा लक्ष्मण पन्त, युरोप, अमेरिका प्रदेशमा राम कार्की र एसिया प्रदेशको इन्चार्जमा ओम शर्माले जिम्मेवारी पाएका छन् । महासचिव माथिका पदाधिकारीले भूगोलको जिम्मा नलिने नीतिगत निर्णय गरेको पनि माओवादीले जनाएको छ ।
यसैगरी बैठकले फागुन १२ गतेबाट जनतासँग माओवादी अभियान चलाउने निर्णय गरेको छ । हुलाकी राजमार्गमा आधारित भएर यो अभियान चल्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
बैठकले पार्टीको तर्फबाट विजयी स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ ।

Facebook Comments