घोराही । घोराही उपमहानगरपालिकाद्वारा आयोजित १७औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गुरुकुल एकेडेमीकी छात्रा गरीमा चौधरीले उत्कृष्ट प्रदर्शन गर्दै दुई स्वर्ण (गोल्ड) र एक रजत (सिल्भर) पदक जित्न सफल भएकी छन्।

यस सफलतासँगै गरीमाले आफ्नो कठोर परिश्रम र प्रतिबद्धताको प्रमाण प्रस्तुत गर्दै आगामी प्रतियोगिताहरूमा अझ राम्रो प्रदर्शन गर्ने विश्वास जगाएकी छन्। गुरुकुल एकेडेमीका प्राचार्य तथा शिक्षकहरूले उनको यो उपलब्धिमा गर्व व्यक्त गरेका छन्।
यस प्रतियोगितामा गरीमाको सफलताले अन्य विद्यार्थीहरूलाई पनि प्रेरित गर्नेछ, जसले भविष्यका खेलकुद प्रतिस्पर्धामा थप उत्कृष्टता हासिल गर्न उत्प्रेरणा प्रदान गर्नेछ। प्रतियोगितामा विजय प्राप्त गर्दै उनले गुरुकुल एकेडेमीको नाम अझ उचाइमा पुर्याएकी छन्।
गुरुकुल एकेडेमीले “शिक्षा, संस्कार, र संस्कृति: त्रिवेणी” भन्ने मूल नारालाई आत्मसात गर्दै शैक्षिक गतिविधिमात्र नभई व्यवहारिक शिक्षा तथा खेलकुदमा समेत विद्यार्थीहरूलाई अब्बल बनाउने प्रयास गर्दै आएको छ। यसको प्रमाण विभिन्न प्रतियोगितामा विद्यार्थीहरूले देखाएको उत्कृष्ट प्रदर्शन हो। खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूको प्रशिक्षण विद्यालयका संस्कार प्रमुख तथा खेल प्रशिक्षक भुगोल कँवर मगरले गरेका छन्।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
