• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गढवा स्वास्थ्य चौकीमा इमर्जेन्सी सेवा प्रदान गर्न छुट्टै कक्ष




दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गढवा स्वास्थ्य चौकीमा इमर्जेन्सी सेवाको उद्घाटन गर्नु भएको छ । २४ सै घण्टा इमर्जेन्सी स्वास्थ्य सेवा उपलब्ध गराउन छुट्टै कक्षको स्थापना गरिएको हो।

दुर्घटना तथा अकस्मात बिरामी परेका व्यक्तिलाई तत्काल उपचार सेवा पु¥याउनेगरी इमर्जेन्सी सेवा दिन थालिएको छ । अहिले गढवामा १५ वेडको आधारभुत अस्पताल निर्माणको काम भइरहेको छ।

अस्पताल निर्माण सम्पन्न भएर सेवा दिन थाले स्वास्थ्यउपचारकोलागि अनेत्र जानुपर्ने बाध्यता अन्त्य हुने मुख्यमन्त्री आचार्यले विश्वास व्यक्त गर्नु भयो ।‘यहाँ अस्पताल बन्दैछ । यो बन्यो भने उपचारकोलागि टाढा जानुपर्दैन’उहाँले भन्नुभयो,‘उपचार सेवालाई प्रभावकारी बनाउदै सबैको पहुँचमा पु¥याउन सरकारले ध्यान दिएको छ।’

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले इमर्जेन्सी सेवालाई प्रभावकारी बनाउन छुट्टै कक्षको स्थापना गरिएको र सेवा विस्तार गरिएको बताउनुभयो।

स्वास्थ्य चौकीबाट अहिले प्रसुती सेवा, भिडियो एक्स–रे, एक्स–रे लगायत सामान्य सर्जरी र ल्याब सहितको सुविधा प्रदान गर्दै आएको छ।

Facebook Comments