• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङको बंगलाचुली गाउँपालिकामा न्यानो कपडा बैङ्क स्थापना




कमिरेचौर । दाङको बंगलाचुली ३ कमिरेचौरमा चिसो मौसममा न्यानो कपडा सहयोग गरौ पुन्य कमाओै भन्ने उदेश्य सहित न्यानो कपडा बैङ्क स्थापना भएको छ ।

बंगलाचुली वातावरण तथम दिगो विकास संरक्षण समितिकको आयोजनामा आज एक कार्यक्रम गरि कपडा बैङ्कको सथापना गरिएको हो । समितिका अध्यक्ष सुशील परियारको अध्यक्षता तथा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरि आज कमिरेचौरमा स्थापना गरिएको हो।

सो बैङ्कमा गरिब असहाय विपन्न परिवारका बालबालिका तथा वृद्ध वृद्धाहरुलाई निशुल्क कपडा उपलब्ध गराइने समितिका अध्यक्ष सुशील परियारले जानकारी दिनुभयो । बंगलाचुली गाउँपालिका वडाहरु लगायत  विभिन्न संघ संस्थाको सहयोगमा सो बैङ्कमा कपडा जम्मा गरिएको छ । साथै गाउँघरमा त्यस्तो कुनै व्यक्ति भएमा सम्पर्क गर्न अनुरोध गरिएको छ । जसको लागि अध्यक्ष सुशील परियार 9857855486 मा सम्पर्क गर्न सकिने बताइएको छ।

कार्यक्रममा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसि, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, योजना शाखा प्रमुख नुमाकान्त कालाथोकि, वडा नम्बर ३ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता शोभाराज विश्वकर्मा लगायत कमिरेचौरका स्थानियहरुको उपस्थित रहेको थियो।

कार्यक्रमको सहजिकरण सचिव हिरा पुन मगरले गर्नुभएको थियो ।

Facebook Comments